
बेनिघाट रोराङ – माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाट केपी ओली हटे एमालेसँग पनि एकता हुने दाबी गरेका छन्।
उनले समाजवादी मोर्चाभित्रका दलसँग तिहार लगत्तै एकता हुने जानकारी दिए।
उनले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो। साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्नेछ। केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानीमा चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउनुपर्ने बताए।
प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए।
‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छलफल भइरहेको छ। युवाहरुले माओवादी सही रहेछ भन्ने भुझ्नु भएको छ।’ संयोजक दाहालले नेता कार्यकर्तालाई आगामी चुनावका लागि योजनाबद्ध रुपमा अघि बढ्न निर्देशन दिए।