
टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत उपाधिका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले ओमानलाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए। उनी बाहेक आसिफ शेखले २४ रन बनाए। यि दुई बिच ६१ रनको साझेदारी भएको थियो। तर त्यसपछि मध्य क्रम लगातार विकेट पतन हुँदा पछिल्लो क्रम केही समालियो। पछिल्लो करममा आएका मोहम्मद आदिल आलामले १६ रन बनाउँदा गुल्सन झाले १८ रन बनाएका थिए। अन्य ब्याटरले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
ओमानका लागि नदिम खानले ४ विकेट लिंदा सुफ्यान मेहमुद र जितेन रमानन्दीले समान २-२ विकेट लिए। नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। कतार विरुद्धको टोलीमा नेपालले एक परिवर्तन गरेको छ। आज सन्दीप जोराको स्थानमा लोकेश बमलाई प्लेइङ ११ मा समेटिएको छ।