विश्वकप छनोट: ओमानलाई हराउँदै उपाधि होडमा बलियो बन्यो नेपाल

विश्वकप छनोट: ओमानलाई हराउँदै उपाधि होडमा बलियो बन्यो नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपालले टी-२० विश्वकप एसिया छनोटमा ओमानलाई ३८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ।
  • ओमानले १ सय ५२ रनको लक्ष्य पछ्याउँदा १ सय १३ रन मात्र बनाउन सक्यो, नेपालका गुल्सनले ३ विकेट लिए।
  • नेपालका कुशल भुर्तेलले ६९ रनको योगदान दिए भने ओमानका नदिम खानले ४ विकेट लिए।

टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि होडमा बलियो बनेको छ। दुई खेल अघिनै विश्वकपमा स्थान बनाएको नेपालले बुधबार राति भएको खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अब नेपालले आफ्नो अन्तिम खेलमा समाओलाई पराजित गरेमा च्याम्पियन बन्ने छ।

उपाधिका लागि महत्वपूर्ण र निर्णायक मानिएको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ओमानलाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।

१ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो। उसका लागि विनय सुक्लाले ३२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक मोहमम्द नदिमले २५ रन बनाउँदा कप्तानजतिन्द्र सिंहले १४ रन बनाए। थप दोहोरो स्कोरका रुपमा अर्यान बिसले ११ रन बनाएका थिए। ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि गुल्सन झाले ३ विकेट लिंदा सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए। उनी बाहेक आसिफ शेखले २४ रन बनाए। यि दुई बिच ६१ रनको साझेदारी भएको थियो। तर त्यसपछि मध्य क्रम लगातार विकेट पतन हुँदा पछिल्लो क्रम केही समालियो। पछिल्लो करममा आएका मोहम्मद आदिल आलामले १६ रन बनाउँदा गुल्सन झाले १८ रन बनाएका थिए। अन्य ब्याटरले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

ओमानका लागि नदिम खानले ४ विकेट लिंदा सुफ्यान मेहमुद र जितेन रमानन्दीले समान २-२ विकेट लिएका थिए। ओमान पनि विश्वकपमा छनोट भइसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष