नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुने

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुने
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय पौडी प्रतियोगिता कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशाला परिसरमा २०० बढी खेलाडीको सहभागितामा हुनेछ।
  • ८ देखि १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहलाई समेत समेटेर विभिन्न प्रतिस्पर्धा हुनेछन्।
  • बाँके बाहेक अन्य जिल्लाका खेलाडीलाई प्रतियोगिता अवधिभर निःशुल्क खाजा, खाना र बसोबास उपलब्ध हुनेछ।

नेपालगन्ज – नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ। क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो। नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरिका २०० बढी खेलाडीको सहभागिता रहने जानकारी दिए।

विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने अध्यक्ष न्यौपानेले बताए। कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा हुने छन्।

बाँके बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था मिलाएको क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए।

नेपाल पौडी संघले केन्द्रीय वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष