अदालतमा विध्वंश: दश भवन, ४२२ सवारी, ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी

अदालतमा विध्वंश: दश भवन, ४२२ सवारी, ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी
+
-
देशसञ्चार AI सारांश
  • भदौ २४ गतेको आगजनीबाट ९ लाख ३३ हजार ८२३ मिसिल पूर्णरुपमा नष्ट भए, जसमा २६ हजार ५६७ विचाराधीन थिए।
  • आगलागीमा ४२२ सवारी साधन र अन्य कार्यालय उपकरणहरू, जसमध्ये १४९२ डेस्कटप पनि जलेर नष्ट भए।
  • २३ भवनमध्ये दशवटा पूर्णरुपमा काम नलाग्ने भएका छन्, जसमा उच्च अदालत र जिल्ला अदालतका कार्यालय समावेश छन्।

काठमाडौँ – जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडले देशभरका अदालतमा अपूरणीय क्षति भएको छ।

सर्वोच्च अदालतसहित २३ वटा अदालतमा भएको आगजानीका कारण भवन, मुद्दाका महत्वपूर्ण अभिलेख, चालु अवस्थामा रहेका मुद्दाका मिसिल, सवारी साधान र अन्य अत्याआवश्यक सामाग्रीहरु जलेर खरानी भएका छन्।

सर्वोच्चले अदालतहरुमा भएको क्षतिको शुक्रबार दिउँसोसम्म संकलन गरेको क्षतिको विवरणअनुसार चालु अवस्थामा रहेका र अभिलेखमा पुगेका गरी ९ लाख ३३ हजार ८२३ वटा मिसिल जलेर पूर्णरुपमा नष्ट भएका छन् जसमा फैसला हुन बाँकी विचाराधीन मुद्दाको संख्या २६ हजार ५६७ रहेको छ।

क्षतिको विवरण शुक्रबार बसेको अदालत व्यवस्थापन समितिको बैठकमा पेश भएको सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए। यही विवरणलाई नै अदालतले सरकार र जाँचबुझ आयोगलाई बुझाउने भएको छ।

सर्वोच्च अदालतका करिब सबैजसो मिसिल जलेर खरानी भएका छन्। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्चमा भदौ २३ गतेसम्म २४ हजार २३४ वटा मुद्दा विचाराधीन रहेकोमा २० हजार ३४ वटा विचाराधीन मुद्दाको मिसिल जलेर पूर्ण रुपमा नष्ट भएका छन्। अब जम्मा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् जसमा रिटतर्फ दुई हजार पाँच सय ९ र मुद्दाका जम्मा एक हजार ६९१ थान मिसिल बचेका छन्।

जलेका मिसिलमा सार्वजनिक महत्वका, ठूला भ्रष्टाचारका मिसिल समेत परेका छन्।

तल्ला तहका अदालतहरुमा चालु अस्थाका ६ हजार पाँच सय ३३ मुद्दाका मिसिल जलेका छन्। कोइरालाका अनुसार सर्वोच्च बाहेक अरु अदालतमा अभिलेखका रुपमा रहेका ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल नष्ट भएका छन्।

सर्वोच्च अदालतमा अभिलेखका रुपमा रहेका एक लाख ९७ हजार थान मुद्दाका मिसिल गुमेका छन्। मातहत अदालतमा तहसिल तर्फका चार हजार एक सय ८५ मिसिल काम नलाग्ने भएका छन्।

दशवटा भवन काम नलाग्ने

आगो लागेका २३ वटा भवन मध्ये दशवटा पूर्ण रुपमा कामै नलाग्ने भएको छ जसमा सर्वोच्चको एनेक्स बाहेक कुनै पनि भवन काम नलाग्ने अवस्थामा पुगेको पाण्डेले बताए। उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि कामै नलाग्ने अवस्थामा पुगेको छ।

जिल्ला अदालततर्फ काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन काम नलाग्ने भएका छन् जसमध्ये काठमाडौँ जिल्ला अदालतको भव्य भवन केही वर्षअघि मात्रै बनेर सेवा दिइरहेको थियो। अहिले उक्त भवनमा डराइडराइ जानुपर्ने अवस्था रहेको पाण्डेले बताए।

४२२ सवारी सधान नष्ट

अदालतहरुमा चार सय २२ वटा सवारी साधन जलेर पूर्ण रुपमा नष्ट भएका छन् जसमा चार पाङ्ग्रे सवारी साधनको संख्या १२९ वटा छन्। सर्वोच्च अदालतमा ४३, मातहतको अदालतका ३८, उच्च अदालतका न्यायाधीशले चढ्ने २३ र जिल्ला न्यायाधीशले चढ्ने गरेको २५ वटा सवारी चार पाङ्गे नष्ट भएको छ।

अदालतहरुमा २२३ वटा मोटरसाइकल जलेर काम नलाग्ने अवस्थामा पुगेको छ। सर्वोच्चका ७१, मातहतका अरु अदालतमा प्रयोग भएका १५२ वटा मोटरसाइकल जलेको प्रवक्ता कोइरालाले जानकारी दिए।

७० वटा स्कुटर जलेर काम नलाग्ने भएकोमा सर्वोच्चका ३८ र मातहतका अदालतका ३२ वटा परेका छन्। सर्वोच्चको प्राङ्गणमा मात्रै १५२ वटा सवारी साधन काम नलाग्ने अवस्थामा पुगे। आगलागीमा परे पनि ३८ वटा चार पाङ्ग्रे गाडी भने मर्मत गरेर चलाउन सकिने अवस्थामा रहेको प्राविधिकहरुले सुझाव दिएका छन् जसमा सर्वोच्चका १६ र मातहतको अदालतका २२ वटा छन्।

अरु सयौँ कार्यालय उपकरण नष्ट

जेनजी आन्दोलनका नाममा अदालतमा नियोजित रुपमा आगजनी हुँदा अन्य अत्याआवश्यक कार्यालय उपकरणहरु पनि सयौँको संख्यामा जलेका छन्। डेस्कटप कम्युटर मात्रै एक हजार ४ सय ९२ थान जलेको छ जसमध्ये सर्वोच्चका करिब आधा ७०९ वटा परेका छन्।

ल्यापटप ६३५ जना जलेर काम नलाग्ने भएका छन् जसमा सर्वोच्चमा प्रयोग भएका मात्रै ५७७ वटा र अरु मातहतका अदालतमा भएका ५८ वटा छन्। प्रिन्टर ८५४ वटा जलेको छ। सर्वोच्चको ३८५ र अरु अदालतको ४६९ वटा रहेको सहायक प्रवक्ता पाण्डेले बताए।

अभिलेख स्क्यानर २३ वटा जेलका छन्। सर्वोच्चमा प्रयोग भएका दुई र अरु अदालतका २१ वटा परेका छन्। सानो स्क्यानर ५०९ वटा जलेकोमा सर्वोच्चमा मात्रै ३४६ वटा परेका छन्। अरु अदालतमा १६३ वटा छन्। सिसी क्यामरा ४४५ वटा जलेका छन् जसमा सर्वोच्चमा प्रयोग भएका १८४ र अरु अदालतमा २६१ वटा छन्।

भिडियो कन्फरेन्स सेट ८६ वटा जलेका छन्। डिस्प्ले टिभी १९५ वटा, युपिएस एक हजार एक सय ११ थान, फोटोकपी मेसिन ३८, जेनेरेटर ६, एसी ३३९ र इहाजिरी ८१ थान जलेर नष्ट भएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष