
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका छन्।
जेन–जी आन्दोलनपछि ओली पहिलो पटक पार्टी कार्यालय पुगेका हुन्। एमाले पार्टी कार्यालयमा जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गत आगजनी भएको थियो।
बालकोटस्थित घरमा समेत आगजनी भएकाले ओली हाल भक्तपुरको गुण्डुमा बस्दै आएका छन्।
एमालेले पार्टी कार्यालयमा विजय दशमी, दीपावली, नेपाल संवत् छठलगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। ओली चियापान कार्यक्रमको अवसरमा पार्टी कार्यालय पुगेका हुन्।