
- मादी गाउँपालिका–७ पानीघाट गाउँमा स्यङखु र क्युर्लु नामका आकर्षक दुई झरना छन्, जसमा स्यङखु झरनामा इन्द्रेणी देख्न सकिन्छ।
- मध्यपहाडी लोकमार्गको ट्रयाक खनाइपछि यी झरनासम्म पुग्न सजिलो भएको छ, तर अब पनि अपेक्षित विकास र प्रवर्द्धनको खाँचो छ।
- पर्यटकियनिजगन्तव्यको रूपमा विकास गर्न सकिने यी झरनाको आसपासमा स्थानीयले होमस्टे खोल्न थालेका छन्।
पोखरा – कास्कीको मादी गाउँपालिका–७ पानीघाट गाउँमा आकर्षक दुई वटा झरना छन्। एउटा स्यङखु र अर्को क्युर्लु झरना।
यी दुईमध्ये स्यङखु झरना अझअनौठो छ। जहाँ झरनाको चिसो पानीमा हरेक दिन इन्द्रेणीले रङ भर्छ। दुई तले यो झरनामा विहान १० बजेपछि झन्डै दिउँसो २ बजेसम्म इन्द्रेणी पर्ने स्थानीय लालबहादुर गुरुङ बताउँछन्। उनी भन्छन्ः ‘झरनलाई रेनवो वाटरफलपनिभन्न सकिन्छ। किनभने झरनामा प्रस्ट रुपमइन्द्रेणी देख्न सकिन्छ।’
अग्लो पहाडबाट गड्गडाउदै बगिरहेको पानीको छहरामाथिइन्द्रेणीले रङ भर्दा स्यङखु झरना मस्तमगन देखिन्छ। झरनामाइन्द्रेणी माथीबाट तलझर्दै जान्छ।
मादी–७ का पूर्ववडाध्यक्ष समेत रहेका लालबहादुरका अनुसार हिउँदमापनिझरनामापानीको वहाव घट्दैन।
मध्यपहाडी लोकमार्ग अन्तर्गत मेलबोटबाट आँटीघर हुदै हेम्जाजाने सडकको ट्रयाक खनेसँगै यो झरनामापुग्न सजिलो भएको छ। तर, ओझेलमा परिरहेको छ। स्यङखु झरनाबाट नजिकै छ क्युर्लु झरना। यीदुई झरनाबीचको दूरी ५ सय मिटर पनि छैन। मध्यपहाडी लोकमार्गको सडकबाटै नियाल्न सकिने दुवै झरनाले पूर्वाधारसँगै पर्यटक पर्खिरहेका छन्।
पर्यटकीय राजधानीपोखराको काहुँखोलाबाट १० किलोमिटर पर स्यङखु र क्युर्लु झरना छन्। सिक्लेस गाउँजाने मूल सडकबाट मेलबोट पुगेपछि दायाँमोडिएर पानीघाट गाउँहुदै झरनामापुग्न सकिन्छ। क्युर्लु झरनासम्मको सडक कालोपत्रे रहेको छ। त्यहाँबाट स्यङखु झरना पुग्ने सडक पनिकालोपत्रेको गर्ने तयारी छ।
मध्यपहाडी लोकमार्ग र झरनाले पर्यटकीय सम्भावना देखेपछि स्थानीयले होमस्टे खोल्न थालेका छन्। यो झरनामासिक्लेस आउजाउगर्ने पर्यटकलाई घुम्ने नयाँगन्तव्यका रुपमा विकास गर्न सकिन्छ।

DCIM101MEDIADJI_0851.JPG