मोरङमा रहेको बहुराष्ट्र कम्पनी आरतीलाई भारतले (बिआइएस) प्रमाणपत्र चिह्न नदिँदा निकासी ठप्प

मोरङमा रहेको बहुराष्ट्र कम्पनी आरतीलाई भारतले (बिआइएस) प्रमाणपत्र चिह्न नदिँदा निकासी ठप्प
+
-
देशसञ्चार AI सारांश
  • तीन महिनायता आरती स्ट्रिप्स प्रालिका ८० प्रतिशत उत्पादन भारतमा निर्यात हुन नसक्दा उद्योग बन्द हुने स्थिति आएको छ।
  • भारतले बिआइएस प्रमाण चिह्न सर्टिफिकेट नदिँदा उद्योगले आधा प्लान्ट हटाउनुपर्ने संभावना रहेको बताइएको छ।
  • भारतमा निर्यात कठिनाइले आरतीले करिब ४ सय कर्मचारीलाई रोजगारीबाट विदा गरेर खर्च कटौती गरेको छ।

मोरङ – मोरङको बूढीगंगा गाउँपालिकामा रहेको स्टिल कम्पनी आरती स्ट्रिप्स प्रालिको उत्पादन भारततर्फ निर्यात हुन नपाउँदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको छ।

स्ट्रिप्सका शीर्षतहका एक कर्मचारीका अनुसारे तीन महिनायता उद्योगमा उत्पादित सामग्री भारततर्फ निकासी हुन पाएको छैन। ठूलो बल्कमा स्टिलका कर्कट पाता, पाइपलगायत विभिन्न सामग्री उत्पादन हुने आरतीको ठूलो बजार नै भारत रहेको छ।

उत्पादनको करिब ८० प्रतिशत सामग्री वार्षिक रुपमा भारततर्फ निकासी हुन्छ। तर पछिल्लो केही महिनादेखि भारत सरकारले निर्यात लाइसेन्स उपलब्ध नगराउँदा समस्या भइरहेको ती कर्मचारीको भनाइ छ।

उनका अनुसार भारतले केही महिनादेखि ब्यूरो अफ इण्डियन स्टाण्डर्स (बिआइएस) प्रमाण चिह्न सर्टिफिकेट उपलब्ध नगराउँदा समस्या हुदै आएको छ। भारतमा उद्योगहरुले उत्पादन गरेको सामग्री विक्री वितरणका लागि सो प्रमाणपत्र चिह्न आवश्यक हुन्छ। भारतीय मानक ब्यूरो (बिआइएस) ले जारी गर्ने सो प्रमाणपत्र चिह्नले उत्पादित सामग्रीको गुणस्तर, सुरक्षा, उत्पादनको विश्वनीयतालाई मापन गर्ने गर्छ।

भारतले बिआइएस सर्टिफिकेट दिन नचाहदाँ स्ट्रिप्सले आधा प्लान्ट हटाउन सक्ने संभावना देखिएको ती कर्मचारीको भनाई छ। उनले भने, यहाँ उत्पादित सामग्री भारततर्फ नै बढि निर्यात हुन्छ। करिब ८० प्रतिशत हाम्रो उत्पादन भारततर्फ नै जाने हो। हाम्रो उद्योग बन्द हुँदा ठूलो राजश्व समेत गुम्नेछ।

आरतीले वार्षिक करिब ६ सय करोड भारतीय रुपैया रेमिट्यान्स भित्राउने गरेको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा आरतीले १४ सय ५४ करोड रुपैया बराबरको उत्पादन विक्री गरेको थियो। जसमा ७ सय ३० करोड रुपैया बढिको उत्पादन सामग्री भारततर्फ निर्यात गरिएको थियो। भारततर्फबाट निकासीमा समस्या भएपछि आरतीले कर्मचारीमा समेत कटौती गरेको छ। १ हजार १ सय बढि संख्यामा आरतीमा श्रमिक कार्यरत रहेकोमा करिब दुई महिना अघि ४ सय जनालाई रोजगारीबाट विदा दिएको थियो। ती कर्मचारीका अनुसार हाल उद्योगमा ७ सय जना श्रमिक कर्मचारी कार्यरत रहेकाछन्। सन् २००१ मा आरतीले आफ्नो प्लान्ट स्थापना गरि उत्पादन सुरु गरेको हो। आरतीले प्रतिवर्ष ५० हजार मिलियन टन स्टिलका सामग्री उत्पादन गर्दछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष