
काठमाडौँ – नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाईँ गरेको छ । आश्विन नवरात्रको सातौँ दिन मंगलबार फुलपातीको दिन नेपाली सेनाको विशेष टोलीले सैनिक मञ्न टुँडिखेलमा फूलपाटी बढाईँ गरेको हो ।
फूलपाती बढाइँ अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहित मन्त्री, उच्च सरकारी अधिकारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागि भएका छन् ।
बढाईँका क्रममा नेपाली सेनाले विभिन्न कला, कवाज प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीमा सलामी अर्पण गरको थियो । नेपाली सेनाले हरेक बर्ष सैनिक मञ्चमा फूलपाती बढाई गर्दै आएको छ ।