
- सरकारले चुनावको मिति तोकेर तयारी नगर्ने र अभिव्यक्तिहरूले चुनावको वातावरण धुमिल पारेको मुख्यमन्त्री आचार्यको आरोप छ।
- देशी-विदेशी शक्तिहरूको घुसपैठले अराजकता सिर्जना गरेको भन्दै कोमामा परेको संविधान व्यूत्याउन आवाज उठाउनु जरुरी छ।
- कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको सुखदुःखमा साथ दिन सेवाको क्षेत्रमा लाग्न मुख्यमन्त्रीले निर्देशन दिए।
अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाइ राख्नुपर्ने बताएका छन। एमाले अर्घाखाँची सचिवालयको छैटौं विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विभिन्न नाममा संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चौतर्फी आक्रमण भइरहेको बताए।
उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे।‘अहिले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभन्दा भिन्न गतिविधिहरु भइरहेका छन्। यसले मुलुकलाई फाइदा गर्दैन। कोमामा पुगेको संविधानलाई व्यूत्याउने जिम्मेवारी तपाई हाम्रो काँधमा आएको छ’उनले भने, ‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा, संवद्र्धन र राष्ट्रियताको निम्ति फेरि एकपटक जुर्मुराउनुपर्ने बेला आएको छ।’
मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेन९जीलाई ढाल बनाएर देशी–विदेशी शक्तिहरूको घुसपैठका कारण अराजकता सिर्जना भएको दाबी गरे। यस्तै, वर्तमान संघीय सरकारको गैरजिम्मेवार भूमिकाका कारण तोकिएको समयमा चुनाव गराउन नसक्ने स्थिति बनेको टिप्पणी गरे ।‘चुनावको मिति घोषणा गर्ने तर त्यसअनुसार तयारी केही नगर्ने। सरकारले नै चुनावको वातावरण धुमिल पार्नेगरी अभिव्यक्तिहरु सार्वजनिक गर्ने गरेको छ। यस्तो अवस्थामा सरकारले नै चुनाव गराउन नचाहेको स्पष्ट हुन्छ,’ उनले भने९‘भाग लिनलाई त चुनाव हुनुपर्ने होइन र?’
आन्दोलनका नाममा मच्चिएको अराजकतालाई लिएर कार्यकर्ताको मनोबल गिर्न नदिन आग्रह गर्दै उनले उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन निर्देशन दिए।‘उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन जरुरी छ। जनताको बीचमा रहेर नै हामीले काम गर्नुपर्छ,’उनले भने९‘जनताको सुख–दुःखमा साथ दिनुहोस्। यही हाम्रो प्रमुख दायित्व हो।’लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारीः मुख्यमन्त्री आचार्य अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाइ राख्नुपर्ने बताएका छन । नेकपा एमाले अर्घाखाँची सचिवालयको छैटौं विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विभिन्न नाममा संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चौतर्फी आक्रमण भइरहेको बताए ।
उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे ।‘अहिले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभन्दा भिन्न गतिविधिहरु भइरहेका छन् । यसले मुलुकलाई फाइदा गर्दैन । कोमामा पुगेको संविधानलाई व्यूत्याउने जिम्मेवारी तपाई हाम्रो काँधमा आएको छ’उनले भने, ‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा, संवद्र्धन र राष्ट्रियताको निम्ति फेरि एकपटक जुर्मुराउनुपर्ने बेला आएको छ ।’ मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेन(जीलाई ढाल बनाएर देशी(विदेशी शक्तिहरूको घुसपैठका कारण अराजकता सिर्जना भएको दाबी गरे ।
यस्तै, वर्तमान संघीय सरकारको गैरजिम्मेवार भूमिकाका कारण तोकिएको समयमा चुनाव गराउन नसक्ने स्थिति बनेको टिप्पणी गरे ।‘चुनावको मिति घोषणा गर्ने तर त्यसअनुसार तयारी केही नगर्ने । सरकारले नै चुनावको वातावरण धुमिल पार्नेगरी अभिव्यक्तिहरु सार्वजनिक गर्ने गरेको छ । यस्तो अवस्थामा सरकारले नै चुनाव गराउन नचाहेको स्पष्ट हुन्छ,’ उनले भने, ‘भाग लिनलाई त चुनाव हुनुपर्ने होइन र ?’
आन्दोलनका नाममा मच्चिएको अराजकतालाई लिएर कार्यकर्ताको मनोबल गिर्न नदिन आग्रह गर्दै उनले उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन निर्देशन दिए ।‘उच्च मनोबलका साथ सेवाको क्षेत्रमा खटिन जरुरी छ । जनताको बीचमा रहेर नै हामीले काम गर्नुपर्छ,’उनले भने, ‘जनताको सुख–दुःखमा साथ दिनुहोस् । यही हाम्रो प्रमुख दायित्व हो ।’
बैठक जिल्ला अध्यक्ष पितम्बर भुसालको अध्यक्षता तथा नेकपा एमाले का केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा पालिका कमिटी र इन्चार्जहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष शम्भुप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाललगायतले सम्बोधन गरेका थिए । बैठकको सहजीकरण सचिव तोजबहादुर रायमाझीले गरेका थिए ।
बैठक जिल्ला अध्यक्ष पितम्बर भुसालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा पालिका कमिटी र इन्चार्जहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए। उपाध्यक्ष शम्भुप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाललगायतले सम्बोधन गरेका थिए। बैठकको सहजीकरण सचिव तोजबहादुर रायमाझीले गरेका थिए।