स्वर्गद्वारी बनगाउँ आश्रममा सामूहिक गाई पूजा (तस्बिरसहित)

स्वर्गद्वारी बनगाउँ आश्रममा सामूहिक गाई पूजा (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • राजकुमार भण्डारीले परिवारसहित स्वर्गद्वारी आश्रममा गाई पूजा गर्ने गरेको र यसमा विशेष आनन्द मिलेको बताए।
  • गाईहरूको संरक्षण गर्न स्वर्गद्वारी आश्रमले गौशाला निर्माण गरी स्थानीय जातका गाई पाल्ने ठोस प्रयास गर्दै आएको छ।
  • गाई पूजा गरिएमा गाईबाट शुद्धता मिल्ने र धार्मिकवेत्ताले विशेष महत्व रहेको विश्वास व्यक्त गरेका छन्।

दाङ– राजकुमार भण्डारी परिवारका सदस्यसहित गाई पूजा गर्न स्वर्गद्वारी आश्रम, बनगाउँ पुगे । यसरी गाई पूजा गर्न थालेको चार वर्ष भइसकेको उनले बताए । पहिले गाउँघरमै गाई भेटिन्थे, पूजा पनि घरमै हुन्थ्यो । तर अहिले गाउँघरमा गाई हराउँदै गएका छन् ।

मानिसहरूले गाई पाल्न छाड्दै जाँदा परम्परागत संस्कृतिअनुसार पूजाका लागि आश्रममा पालिएका गाईमा निर्भर हुनुपर्ने अवस्था आएको छ । ‘चार वर्ष भयो, नियमित रूपमा यहाँ आउने र सामूहिक रूपमा गाई पूजा गर्ने गरेका छौं,’ भण्डारीले भने, ‘यहाँ धेरै गाई छन् । सबैले सामूहिक रूपमा पूजा गर्दा वेग्लै आनन्द मिल्छ ।’

भक्तिराम घिमिरेले भने घरमा एउटा मात्रै गाई पालेका छन् । त्यो गाईको पूजा सकेर उनी बनगाउँ आश्रम पुगे । एक सय गाईलाई नुन खुवाउनुपर्छ भन्ने धार्मिक विश्वासका साथ उनी यहाँ आएको बताए । ‘पहिले गोठभरी गाई हुन्थे, अहिले मुस्किलले एउटा गाई पालेको छु,’ उनले भने, ‘यहाँ धेरै गाई छन्, सबैलाई नुन खुवाउन पाइने भएकाले हरेक वर्ष आउने गरेको छु ।’
दाङमा यसपल्ट पनि सामूहिक रूपमा गाई पूजा गरिएको छ । स्वर्गद्वारी आश्रमले दाङ, प्यूठान, कपिलवस्तु, काठमाडौंलगायतका आश्रममा करिब एक हजार गाई पाल्दै आएको छ । आश्रममा रहेका गौशालामा सामूहिक गाई पूजा गरिएको स्वर्गद्वारी आश्रमका कार्यकारी अधिकृत हरि अधिकारीले बताए । उनका अनुसार बनगाउँ आश्रममा मात्रै चार सयभन्दा बढी गाई पालिएका छन् ।
‘स्वर्गद्वारी आश्रम स्थापना भएको बेला नै गौशाला पनि थियो । हामी स्थानीय जातका गाईको संरक्षण गर्दै आएका छौं,’ अधिकारीले भने, ‘गाई पूजाको दिन श्रद्धा र भक्तिपूर्वक भक्तजन यहाँ आउनुहुन्छ र गाईको पूजा–आराधना गर्नुहुन्छ ।’ सामूहिक गाई पूजाका लागि बनगाउँ आश्रम धेरैको रोजाइमा पर्ने गरेको छ ।
लमही नगरपालिका–३ स्थित बनगाउँ आश्रममा गोवर्धन पर्वत बनाएर सामूहिक रूपमा गाई र गोवर्धन पर्वतको पूजा गरिएको हो । खेतीपातीमा यान्त्रिक उपकरणको प्रयोग बढेसँगै गाईगोरु पाल्ने चलन हराउँदै गएको छ । छाडा पशु चौपाया पनि बढेका छन् ।
तर स्वर्गद्वारी आश्रमले गौशाला निर्माण गरी गाई पाल्न सकिने उदाहरण दिएको छ । जग्गाको खण्डीकरण पनि गाई नपाल्नुको अर्को कारण मानिएको छ । आश्रमले स्थानीय जातका गाई पाल्दै आएको छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिएर दूध, गहुँत र गोबरका माध्यमबाट मानिसलाई शक्ति दिने भएकाले गाईको विशेष महत्व रहेको बताइएको छ ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको छ ।

तस्बिरहरू:

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’