परम्परागत देउसी–भैलो: संस्कृतिको संरक्षण र व्यवसायीका लागि विपद् कोष स्थापनाको लक्ष्य

परम्परागत देउसी–भैलो: संस्कृतिको संरक्षण र व्यवसायीका लागि विपद् कोष स्थापनाको लक्ष्य
+
-
देशसञ्चार AI सारांश
  • देउखुरी उद्योग वाणिज्य संघले परम्परागत देउसी–भैलो संस्कृतिको संरक्षण गर्न विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
  • भैलो कार्यक्रमबाट संकलित रकम व्यवसायी विपद् कोषमा प्रयोग गरिनेछ, जो परोपकारी उद्देश्यको लागि छ।
  • स्थानीय समुदायले यस्ता सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै परम्परागत संस्कृति बचाउने प्रयास गरिरहेका छन्।

दाङ–ठूला मादल, बाँसुरी र झ्यालीको तालसँगै मौलिक पोशाकमा सजिएका कलाकारहरू देउसी–भैलो गाइरहेका छन् ।

गीत–संगीत सबै पुराना, तर उद्देश्य नयाँ । देउखुरी उद्योग वाणिज्य संघले देउसी–भैलो संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस वर्ष विशेष सांस्कृतिक भैलो निकालेको हो ।

संघका अध्यक्ष कमलजंग सिंह ठकुरीका अनुसार परम्परागत कला–संस्कृतिको जगेर्नासँगै व्यवसायीहरूलाई साथ दिनका लागि विपद् कोष स्थापना गर्ने उद्देश्यले भैलो कार्यक्रम आयोजना गरिएको हो ।

उनले भने, ‘हाम्रा मौलिक कला–संस्कृति हराउँदै गएका छन् । त्यसलाई बचाउन सन्देश दिने माध्यमका रूपमा यो भैलो आयोजना गरेका हौं । यसबाट संकलित रकम व्यवसायी विपद् कोषमा प्रयोग गरिनेछ ।’

परम्परागत संस्कृतिको संरक्षणका लागि पछिल्लो समय दाङका विभिन्न क्षेत्रमा यस्ता सांस्कृतिक भैलो निकाल्ने क्रम बढ्दै गएको छ । लोक बाजाका साथमा प्रस्तुत गरिने भैलो कार्यक्रमहरूले तिहार पर्वमा विशेष महत्व राख्ने भएकाले समुदायले पनि यस्ता अभियानमा सक्रिय साथ दिइरहेको छ ।

सांस्कृतिक अभियन्ता ताराप्रसाद खनालले भने, ‘संस्कृति लोप भएपछि हाम्रो अस्तित्व नै संकटमा पर्छ । त्यसैले यस्ता अभियानहरूमा सबैको सहयोग र सहभागिता आवश्यक छ ।’

मारुणी नृत्य, परम्परागत देउसी–भैलो गीत र लोक बाजाका आकर्षक प्रस्तुतिहरू राखिएका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’