अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने कार्य अस्वीकार्य हुने बताएका छन्।
नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटी, अर्घाखाँचीको सचिवालय बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठ र अराजकताले राज्यलाई कमजोर बनाउन खोजेको बताएका हुन्।
‘मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तालाई नै कमजोर पार्ने गरी षड्यन्त्रहरू रचिएका छन्,’ उनले भने, ‘यस्ता अराजकताबाट मुलुकलाई जोगाउन जरुरी छ। सचेतनापूर्वक हरेक नागरिकले आफ्नो भूमिका बढाउन आवश्यक छ। देशलाई अशान्तिको भूमरीमा जानबाट जोगाउन खबरदारी गर्न जरुरी छ। लोकतान्त्रिक मूल्य-मान्यता र संविधानको रक्षा नै अहिलेको प्रमुख आवश्यकता हो।’
मुख्यमन्त्री आचार्यले एमाले चुनावको पक्षमा रहेको तर सरकारले चुनावी वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्। ‘हामी चुनावबाट पछाडि हट्दैनौं,’उनले भने, ‘सरकारले वातावरण बनाओस्। तर, संघीय सरकार चुनावप्रति केन्द्रीत भएको देखिँदैन।’
फाइल तस्बिर

भर्खरै
लोकप्रिय






































































































































































































