सबै फूल बिकेपछि खेतकै बीचमा थकाइ मार्दै किसान टेकेन्द्र !

सबै फूल बिकेपछि खेतकै बीचमा थकाइ मार्दै किसान टेकेन्द्र !
+
-
देशसञ्चार AI सारांश
  • टेकेन्द्र रावत क्षेत्री फूल खेतीको मेहनतले सन्तोषी छन्, चार महिनाको अथक परिश्रमपछि यसवर्ष सबै फूल बिक्री भएको छ।
  • गत वर्षका तुलना यस वर्ष फूल बिक्री सन्तोषजनक भए पनि आफ्नै क्षेत्रका ग्राहकलाई सेवा दिन नसक्दा पीडा छ।
  • फूल खेतीबाट आत्मनिर्भरता बढेको बताउँदै, क्षेत्रीले ८ कट्ठामा खेती गरेका र तिहारअघि नै सबै फूल बिक्री भएको छ।

दाङ – गढवा गाउँपालिका–३ निवासी टेकेन्द्र रावत क्षेत्री यतिबेला फूल खेतीको मेहनतले सन्तोषका मुस्कान बाँडिरहेका छन्। चार महिनासम्म गरेको अथक परिश्रमपछि यस वर्षका सबै फूल बिक्री भएपछि उनले खुशी व्यक्त गरेका छन्।

क्षेत्रीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,’कथा आफ्नै छ, व्यथा आफ्नै छ। ४ महिनासम्म गरेको मेहनतको थकान हो। यसपालि आवश्यकताभन्दा बढी मेहनत गरेँ, तर पनि १०० प्रतिशत नतिजा दिन सकिन, त्यहीँ दुख लागेको छ।’

गत वर्ष फूल नबिक्दा भोगेको पीडा अझै ताजा रहेको बताउँदै उनले यस वर्ष भने आफ्नै क्षेत्रका ग्राहकलाई फूल पु–याउन नसक्दा नैतिक जिम्मेवारी महसुस भएको बताएका छन्। ञदेउखुरीमा सबैभन्दा बढी फूल खेती गर्ने पालिका हाम्रै रहेछ। यसपालि फूल सकिनुको मुख्य कारण लमही नगरपालिका र राप्ती गाउँपालिकाका ग्राहकका लागि मुख्य रोजाइ हाम्रो क्षेत्र रह्यो,झ उनले भनेका छन्।

फूल खेतीमा तीन वर्षदेखि निरन्तर सक्रिय रहेका क्षेत्रीका अनुसार हरेक वर्ष नयाँ अनुभव र सिकाइले खेतीमा सुधारको बाटो देखाएको छ।ञहाम्रो कमजोरीलाई सुधार्दै अघि बढ्नेछौं। जय कृषि, जय किसान,झ उनले लेखेका छन्।

क्षेत्रीका अनुसार फूल खेतीबाट अहिले गाउँमा आत्मनिर्भरता बढ्दै गएको छ। किसानहरू पनि बिस्तारै व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन्। क्षेत्रीले ८ कट्ठमा फूल खेति गरेका थिए। तिहारको अघिल्लो दिन नै फूल बिक्रि भएपछि उनको वारि रित्तिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’