दाङ – प्युठान माण्डवी गाउँपालिका–५ ठकुरीटोलमा आज दिउँसो करिब साढे ४ बजे यात्रुबाहक इभी गाडी दुर्घटनामा परि चार जना घाइते भएका छन्।
ऐरावति गाउँपालिका–१ सिर्सेनीबाट कपिलवस्तुका लागि छुटेको नमस्ते प्रालिको लुम्बिनी प्रदेश ०३–००१ ज ००१८ नम्बरको इभी गाडी सडकबाट कम्तीमा ५ सय मिटर तल खसे को बताइएको छ।
घाइतेमा ऐरावति–५ गोठीबाङका चालक २७ बर्षिय निरज सापकोटा, सिर्सेनीका ३३ वर्षिय रेशम गुरुङ ,३२ बर्षिय शुदिप गुरुङ र २१ बर्षिय कविता गुरुङ रहेका छन्।
स्थानीयवासी र प्रहरीको सहयोगमा सबै घाइतेलाई उद्धार गरी उपचारका लागि प्युठान अस्पताल लगिएको छ। प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भई सडकबाट तल खसेको भए पनि वास्तविक कारण खुल्न बाँकी छ।

भर्खरै
लोकप्रिय






































































































































































































