अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु

अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु
+
-

दाङ–अवरुद्ध पूर्वपश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको छ। भोलि पुनः छलफल गर्ने सहमतिपछि झण्डै दुई घण्टादेखि अवरुद्ध राजमार्ग खुलेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिए।

बस चालकलाई हदैसम्मको कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड मृतकका आफन्तहरूले अवरुद्ध पारेका थिए। लमही नगरपालिका–१ नर्ती क्षेत्रमा सडकमै बसेर पीडित परिवारले राजमार्गमा धर्नासंगै सडकमा गाडी चल्न दिएका थिएनन्।

भाइटिकाको दिन दिदीको हातबाट टीका थापेर घर फर्किँदै गर्दा राप्ती गाउँपालिका–५ सिङ्गेखोला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटनामा संलग्न सवारी चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको लापरवाहीका कारण घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गरिएको छ। उचित क्षतिपूर्ति र कानुनी कारबाहीको ग्यारेन्टी नहुँदासम्म शव नबुझ्ने अडान परिवार पक्षले लिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’