माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेड परिवर्तन समूहका सदस्य पक्राउ (तस्बिरसहित)

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेड परिवर्तन समूहका सदस्य पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौँ- माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समूहले भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेको थियो।

‘यदि जेन्जी एक भएन भने सहिदका आत्माहरू सधैँ भौतारिइरहनेछन्, घाइते हृदयहरू कहिल्यै निको हुने छैनन् र नेपाल आमाका आँसुहरू कहिल्यै सुक्ने छैनन्’ भन्ने लेखिएको ब्यानरसहित उनीहरू आज माइतीघर मण्डलामा पुगेका थिए।

तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार, समूहले हिजो र अघिल्लो दिन पनि शान्तिपूर्ण कार्यक्रम गरेको थियो। तर पछिल्लो प्रदर्शनमा तिब्बती र इसाई धर्मावलम्बी सहभागीहरू धेरै थिए भन्ने कारण देखाउँदै प्रहरीले कडा निगरानी गरेको र अन्ततः सहभागीहरूलाई नियन्त्रणमा लिएको बताइन्छ।

पक्राउ कतिजना परे भन्ने खुलेको छैन। प्रहरीले यस घटनाबारे औपचारिक टिप्पणी दिएको छैन।

तस्बिरहरू:

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’