पोखरामा चक्कु प्रहार गरी एक जनाको हत्या

पोखरामा चक्कु प्रहार गरी एक जनाको हत्या
+
-

पोखरा– पोखरामा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–५ प्रस्र्याङ चिल्ड्रेन पार्क बस्ने ४५ वर्षीय अनिल पराजुली रहेका छन्।

उनको हत्यामा आरोपमा पोखरा महानगरपालिका–१८ सराङकोट घर भइ पोखरा–५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतले बताए।

उनीहरुबीच शुक्रबार राती होटलमा मदिरा सेवन गर्ने बेलामा विवाद भइ भनाभन भएको थियो।

शनिबार बिहान पराजुली अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

हत्यामा प्रयोग भएको चक्कु प्रहरीले बरामद गरेको छ। तिमिल्सिनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्वामा अनुसन्धान चलिरहेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’