नेपालगन्ज – बाँकेमा बाघकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ।
राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९, गुरुवागाउँ नमुनाटाेलका ४० वर्षीय ईन्द्रबहादुर खत्रीकाे बाघकाे आक्रमणबाट मृत्यु भएकाे हाे।
रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका खत्रीलाई शुक्रबार बाघले आक्रमण गरेकाे हाे। उनी सम्पर्कविहीन भएपछि स्थानीयले खाेजतलास गरेका थिए।
उनकाे शव आज क्षतविक्षत अवस्थामा फेला परेकाे छ। शरीरकाे मासु खाएकाे, टाउकाे र खुट्टा छुट्टिएकाे अवस्थामा शव भेटिएकाे हो।
बाघले पटक-पटक मान्छेलाई आक्रमण गरेकाे भन्दै स्थानीयले निकुञ्ज प्रशासनविरुद्ध आक्राेश पाेखेका छन्। बाँके राष्ट्रिय निकुन्जमा बाघकाे संख्या बढ्दै जाँदा यस्ता दुर्घटना भइरहेका छन्। निकुञ्ज आसपासका सर्वसाधारण त्रसित भएका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रबहादुर कँडेलले मान्छेलाई आक्रमण गर्ने बाघकाे पहिचान गर्न लागिपरेकाे बताए।

भर्खरै
लोकप्रिय






































































































































































































