छठ पर्वका लागि सिंगारिँदै कैलालीको मोहनाघाट

छठ पर्वका लागि सिंगारिँदै कैलालीको मोहनाघाट
+
-
देशसञ्चार AI सारांश
  • कैलालीको मोहनाघाटमा छठ पर्वका लागि १,५०० वटा स्टल बनाइएका छन् जसको लागि ६५५ रुपैयाँ शुल्क लाग्दछ।
  • मोहनाघाट नदी किनारमा सरसफाइ र सजावट सुरु भइसकेको छ, शनिबारदेखि नै तयारीको काम अगाडि बढाइएको छ।
  • छठ पर्व हालका केही वर्षयता सबै समुदायको सहभागितामा मोहनाघाटमा भव्य रूपमा मनाइँदै आएको छ।

धनगढी- कैलालीको मोहनाघाटमा छठ पर्वका लागि सजावट र तयारी सुरु भएको छ। हरेक वर्ष यहाँ विशेषगरी धनगढी आसपास बस्ने मधेसी मूलका व्यक्तिहरूले छठ पर्व मनाउँछन्।

धनगढी उपमहानगरपालिका- २ स्थित मोहनाघाटमा छठ पर्वका लागि १,५०० वटा स्टल बनाइएका छन्। प्रत्येक स्टलको लागि प्रति व्यक्ति ६५५ रुपैयाँ शुल्क लाग्नेछ। तर शुल्क दिन नसक्नेहरूका लागि निशुल्क सुविधा पनि प्रदान गरिएको छ। यसबारेमा छठ पुजा सेवा समिति, धनगढीका अध्यक्ष सन्तोष मण्डल धानुकले जानकारी दिएका छन्।

मोहनाघाट नदी किनारामा सरसफाइ र सजावटको काम सुरु भइसकेको छ। छठ पर्व सोमबार परेको भएपनि शनिवारदेखि नै स्टल निर्माण र घाट सजाउने कार्य सुरु गरिएको थियो।

पहिले मोहनाघाट नदीमा सामान्य रूपमा मनाइने गरिएका छठ पर्व हालका केही वर्षयता सबै समुदायको सहभागितामा भव्य रूपमा मनाइँदै आएको छ। यसबारे धनगढी उपमहानगरपालिका- २ का अध्यक्ष धर्मराज ओझाले जानकारी दिए।

छठ पर्वमा नदी, ताल, लघु ताल र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ। केराका थम्बा, झिलिमिली बत्तीको व्यवस्था गरी सूर्यास्त र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्व मनाइन्छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’