काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। मन्त्री गुप्ताले मन्त्रालयको मातहतमा रहेका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। आज दुई मन्त्रीले शपथ लिएका हुन्। सुधा शर्मालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।


भर्खरै
लोकप्रिय






































































































































































































