‘ अँध्यारोमा रात्रिभोज ‘आयोजना गरिँदै

+
-

कैलाली-रोटरी क्लब अफ धनगढीले नेत्रहीनहरुको सहयोगार्थ नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’ ( अँध्यारोमा रात्रिभोज ) कार्यक्रम गर्दैछ।

रोटरी क्लब अफ धनगढीले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमबारे जानकारी दिएको छ।

आँखाको ज्योतिबिना संघर्षमय जीवन बाँचिरहेका व्यक्तिहरुलाई दया नभई माया, स्नेह र सहयोगको खाँचो छ भन्ने सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले जानकारी दिए।

दिन पनि रातसरह अन्धकार भएकाहरुलाई खानाको जोहो गर्न कति कठिनाइ हुन्छ भन्‍ने महसुस समाजका विभिन्न वर्ग र पक्षलाई गराउन रात्रिभोजको आयोजना गरिएको रोटरी क्लब अफ धनगढीका कार्यक्रमका संयोजक डा गणेशबहादुर सिंहले बताए।

यस कार्यक्रमका लागि अन्धकार हलमा टेबुल राखिनेछन्। सोही टेबुलमा विभिन्न खानाका परिकार राखिनेछन्। जहाँ प्रकाश हुने छैन।

सहभागी व्यक्तिले त्यही अन्धकारमा आफ्नो भागको खाना खानु पर्नेछ भने खाना खाने समयावधि ३० मिनेट मात्र छुट्याइएको छ।

नेत्रहीनलाई सहयोग गर्न उत्प्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य हो। कार्यक्रममा सहभागी हुन यस क्षेत्रका उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, सुरक्षा अधिकारी, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई आग्रह गरिनेछ।

कार्यक्रममा इच्छुक सहभागीबाट रु दुई हजार सहयोग शुल्क लिइनेछ भने उठेको शुल्कबाट संकलित रकम नेत्रहीन व्यक्तिको सहयोगमा खर्च गरिनेछ।

रात्रिभोजमा कम्तीमा एक सय जनालाई सहभागी गराउने योजना छ। कार्यक्रम माघ ६ गते शनिबार धनगढीस्थित होटल रुवसमा साँझ ७ बजे आयोजना गरिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?