उपचारका लागि देउवा दम्पती सिंगापुरतर्फ, विमानस्थलमा लिएनन् भिआइपी सुविधा (तस्बिरहरू)

उपचारका लागि देउवा दम्पती सिंगापुरतर्फ,  विमानस्थलमा लिएनन् भिआइपी सुविधा (तस्बिरहरू)
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा उपचारका लागि सिंगापुर जान विमानस्थल पुगे।
  • देउवा दम्पतीले विमानस्थलमा कुनै भिआइपी सुविधा नलिई सर्वसाधारणको बाटोबाट यात्रा गरे।
  • प्रधानमन्त्री र सरकारी अधिकारीहरूको जानकारीमा देउवा दम्पतीलाई सिंगापुर जान अनुमति दिइएको थियो।

काठमाडौँ– जेनजी आन्दोलनमा कुटपिटबाट सख्त घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा थप उपचारका लागि सोमबार राति सिंगापुर जाँदै छन्।

राति ११ बजेको उडानका लागि देउवा दम्पती समयमै विमानस्थल पुगेका थिए।

‘उहाँहरुले कुनै भिआइपी सुविधा लिनुभएन,’ विमानस्थलका एक सुरक्षा अधिकारीले देशसञ्चारसँग भने।

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणा सर्वसाधारण हिँड्ने बाटो प्रयोग गरेर विमानस्थलको यात्रु कक्षमा पुगेका थिए।

सरकारले पासपोर्ट रोक्का नगरे पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी अधिकारीलाई देउवा उपचारका लागि सिंगापुर जानेबारे जानकारी दिएका थिए। प्रधानमन्त्री कार्कीसहित सरकारी अधिकारीहरूले देउवा दम्पतीलाई उपचारका लागि सिंगापुर जान अनुमति दिएका हुन्।

विमानस्थलमा देउवा दम्पतीलाई बिदाइ गर्न कांग्रेस कार्यबाहक सभापति खड्का र देउवाका केही सहयोगीहरू पुगेका थिए।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा एकै दिन १९ जना युवाको मृत्यु भएपछि भोलिपल्ट भड्केको हिंसात्मक आन्दोलनमा देउवा दम्पतीमाथि निवासमै सांघातिक आक्रमण भएको थियो। देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। आरजुमाथि पनि निर्घात कुटपिट भएको थियो।

बुढानिलकण्ठस्थित निवासबाट उद्धार गरेर उनीहरुलाई सैनिक अस्पतालमा लगेर उपचार गरिएको थियो। झण्डै तीन हप्ता अस्पताल बसेपछि उनीहरु अस्थायी आवासमा फर्किएका थिए।

 

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’