धनगढी– डोटीमा पुर्वीचौकी गाउँपालिका– १ की २७ वर्षीया शिक्षिका जानकी खड्का मृत फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
शवलाई भने पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
प्रहरीले शिक्षिका खड्कलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाईसमेत पक्राउ गरेको छ।
खड्काले रावलका नाममा लेखेएको सुसाइड नोट फेला परेको प्रहरी निरीक्षणक जोशीले बताए।
मृतक शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माविमा कार्यरत शिक्षिका थिइन्। खड्काले शिक्षक सेवा आयोगमा झण्डै एक बर्ष अघि मात्र नाम निकालेर स्थायी नियुक्ति लिएकी थिइन्।
मृतक खड्का अविवाहित हुन् भने पक्राउ परेका रावलले विवाहपछि सम्बन्ध विच्छेद गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































