कपिलवस्तुमा बस दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

कपिलवस्तुमा बस दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते
+
-

दाङ- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व-पश्चिम राजमार्गमा बिहिबार बिहान बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पुरुष पैदलयात्रीको चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदै गर्दम मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले बताए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’