काठमाडौँ- एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँ, कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट सुविधा पाउने भएका छन्।
बैंक र स्काइवाक टावर सञ्चालन कम्पनीबीच सम्पन्न सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त टावरमा डिजिटल भुक्तानी मार्फत सेवा लिँदा छुट लाभ उठाउन सक्नेछन्। यस सुविधा उपयोग गर्न ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकका अनुसार यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै, मुलुकमा डिजिटल भुक्तानी सेवा प्रवद्धन र नगदरहित कारोबारमा योगदान पुग्ने विश्वास लिइएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































