- बुधबार र बिहीबार सुनको मूल्य स्थिर रहेर प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भयो।
- चाँदीको मूल्य बिहीबार १५ रूपैयाँले वृद्धि भई दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
- व्यवसायीहरुले अमेरिका मा अन्य क्षेत्रमा लगानी बढ्दा सुनको मूल्य अझ घट्ने सम्भावना व्यक्त गरेका छन्।
काठमाडौँ- लगातार घटेको सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार र बिहीबार दुवै दिन स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५३ डलरमा कारोबार भइरहेको छ । बिहीबार चाँदी भने तोलामा १५ रूपैयाँले बढेर दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो । गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।
मंगलबार फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायीहरुले पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ अझ घट्ने बताउँदै आएका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































