बुटवल- राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ ।
गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षका गौतम अकस्मात ढलेका थिए ।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
गौतम बुटवल उपमहानगरपालिका- ३, ज्योतिनगरका स्थायी बासिन्दा हुन्। उनी २०५४ सालदेखि जिफन्टमा सक्रिय सदस्यको रूपमा कार्यरत थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































