- मौसम खराबीका कारण श्रीएयर लाइन्सको विमान काठमाडौंमा अवतरण गर्न नसकेर पुनः विराटनगर फर्किएको थियो।
- प्रमुख अनुसार विराटनगरको मौसममा कुनै समस्या नभए पनि विमानले १ बजेर ४ मिनेटमा काठमाडौं अवतरण गर्यो।
- यती एयरलाइन्सले आफ्नो नियमित उडान जारी राखेको भए पनि बुद्ध एयरको उडान प्रभावित भएको छ।
मोरङ – मौसम खराब भएपछि विराटनगरबाट काठमाडौंका लागि उडेको श्रीएयर लाइन्सको विमान पुनः विराटनगर फर्किएको छ। नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुभाष झाका अनुसार विराटनगर विमानस्थलबाट नियमित उडान सेवा जारी रहेको जानकारी दिए। यद्यपि, विहान ११ बजेर ५० मिनेटको श्रीएयर लाइन्सको उडान भने काठमाडौँको मौसम खराब हुँदा पुनः विराटनगर फर्किएको उनले बताए।
विराटनगरको मौसममा समस्या नआएको बताएका प्रमुख झाले विराटनगर फर्किएको श्री एयर लाइन्सको सो विमानसमेत अहिले दिउँसो १ बजेर ४ मिनेटमा काठमाडौं अवतरण गरिसकेको छ।
उडानका क्रममा रहेका कांग्रेस नेता गुरुराज घिमिरेले खराब मौसमका कारण काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटको उडानपछि पुनः विराटनगर फर्किएको जनाएका थिए।
त्यसैगरी, १ बजेर ४५ मिनेटको दोस्रो उडान १ बजेर ४९ मिनेटमा उडेको छ। त्यसैगरी, यती एयरलाइन्सले भने आफ्नो नियमित उडान कायम राखेको छ।
यती एयरको अहिले चौथो उडानका क्रममा रहेको कार्यालयले जनाएको छ। बुद्ध एयरले भने सुरुको दुई वटा उडान भरे पनि १ बजेर १० मिनेटका उडान प्रभावित भएको जनाएको छ।
बुद्धको विराटनगरस्थित कार्यालयका अनुसार सो उडान १ बजेर ४० मिनेटलाई तय गरिए पनि हाल सो उडानसमेत प्रभावित भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































