काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई एक अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको छ।
नेपाल पुनर्बिमा कम्पनीमा परेका कुल दुई हजार ८६८ वटा पुनर्बिमा दाबीको १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ पुनर्बिमा दाबी रकम रहेको उल्लेख छ।
निर्जीवन बिमा कम्पनीमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बिमा दाबी परेको छ। यो कुल दाबीमध्ये नेपाल पुनर्बिमा कम्पनीमा मात्र १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































