मकालु आधार शिविरमा एक जना पर्यटक अलपत्र, उद्धारमा कठिनाइ

मकालु आधार शिविरमा एक जना पर्यटक अलपत्र, उद्धारमा कठिनाइ
+
-

किमाथाङ्का – मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक इटालियन नागरिक खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन्।

मकालु आधार शिविरभन्दा केही माथि पुगेपछि इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन्।

लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका इटालियन नागरिक नोभासको मङ्गलबारदेखि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। उनको उद्धारको पहल भइरहेको उनले बताए।

सङ्खुवासभाको उच्च हिमाली भेगमा मङ्गलबारदेखि निरन्तर वर्षा र हिमपात भइरहेको छ।

‘उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ, प्रतिकूल मौसमका कठिनाइ भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक मैनालीले भने।

लगातारको वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण चार हजार मिटरभन्दा माथिको क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’