नेपालगन्ज – बाँके प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। नेपालगन्जका सुर्खेतरोडस्थित रोयल क्याफेबाट ४९ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगन्ज९९ का ३८ वर्षीय चाँदअलि शेष र ३१ वर्षीय बब्लु शेषलाई प्रहरीले पक्राउ गरेको हो।
बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले क्याफेमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले लागु औषधीसहित दुई जनालाई पक्राउ गरेको बताए।
प्रहरीले पक्राउ परेका व्यक्तिलाई अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरेको छ।
नेपालगन्जमा पछिल्लो वर्षहरुमा कफी पारखीको संख्या बढेको छ। यहाँ क्याफेहरु पनि प्रशस्त सञ्चालनमा रहेका छन्। अपराधिक गतिविधि गर्नेले क्याफेलाई कारोबार गर्ने थलो बनाउन थालेकोप्रति सञ्चालकहरु चनाखो हुनु पर्ने देखिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































