विराटनगर महानगरका सार्वजनिक स्थलमा डस्बिन अनिवार्य

विराटनगर महानगरका सार्वजनिक स्थलमा डस्बिन अनिवार्य
+
-
देशसञ्चार AI सारांश
  • रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिटी सफारीमा डस्बिन राखेर फोहोर संकलन अभियान सुरु गरेको छ।
  • २ लाख लागतको यो अभियानमा टयोटा नेपालकी रितु सिंह वैद्यले १ लाख रुपैया सहयोग गरेकी छन्।
  • डस्बिन राखेपछि नागरिकलाई फोहोर नफाल्न र महानगर सफा राख्न सचेत गराउने उद्देश्य राखिएको छ।

मोरङ – विराटनगर महानगरको सौन्दर्यकरणलाई निरन्तरता दिँदै महानगरमा कुद्ने सिटी सफारी सेवादेखि सार्वजनिक स्थलमा फोहोर संकलन गर्ने डस्बिन राखिएको छ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बिहीबार एक कार्यक्रम गर्दै महानगरमा कुद्ने सिटी सफारी र विभिन्न सार्वजनिक स्थलमा फोहोर संग्रह गर्न डस्बिन राखेको हो।
कार्यक्रममा डाउनटाउनकी अध्यक्ष गिरिजा शारडाले विराटनगरलाई सफा राख्न ५ सय वटा सिटी सफारीमा डस्बिन राख्ने तय भएको जानकारी दिइन्।

महानगरले अघि बढाएको शहर सौन्दर्यकरणको अभियानमा सहयोग पुराउने उद्देश्यले डाउनटाउनले सो कार्यक्रम गरेको अध्यक्ष सारडाको भनाइ छ। करिब २ लाख रुपैया लागतमा डस्विन अभियान सुरु गरिएको बताउँदै सारडाले उल्लेखित लागतमा एक लाख रुपैया टोयोटा नेपालकी प्रतिनिधि रितु सिंह वैद्यले उपलब्ध गराएको बताइन्।

उनका अनुसार फोहर जम्मा गर्नका लागि सिटी सफारीसहित, सार्वजनिकस्थल, बजारको ब्यस्त स्थान, राखिनेछ। उनले भनिन्, ‘महानगरलाई सरसफाईमा राख्न सबैले हातेमालो गर्नुपर्छ। महानगर एक्लैले गर्दा उसलाई सहयोग गर्ने सहयोगी हुँदा अझ सजिलो हुन्छ। हामी फोहर गर्न सिफालु छौ, तर सफाइमा भने ध्यान दिन सक्दैनाँै। त्यसैले पनि एकपटक प्रयास गरेका छौ। डस्विन राखेर फोहर संकलन गर्ने। हेरौ, नागरिक कत्ति सजग हुनुहुन्छ।’

बजार क्षेत्रमा डस्विन राखिसकेपछि आम नागरिक वा बटुवालाई जथाभावी फोहर नफाल्ने र नागरिकलाई पनि महानगर सफा राख्न जिम्मेवार बनाउने अपेक्षा गरेको अध्यक्ष सारडाले जानकारी दिइन्।

उनले भनिन्, ‘रोटेरियनको उद्देश्य सहरलाई सफा बनाउनु मात्र होइन, यहाँका नागरिकहरूमा फोहोर व्यवस्थापनप्रतिको सचेतना जगाउनु पनि हो। ५ सयको संख्यामा डस्बिनहरू राखिँदा दैनिक सरसफाइमा ठुलो सुधार आउनेछ।’

कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेलगायतको उपस्थिति थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’