नेपालगन्ज – बाँकेमा स्कुले बालबालिकालाई लक्ष्य गरी फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ। नेपालगन्ज रंगशालामा एक कार्यक्रमबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गरे।
अध्यक्ष नेम्वाङले देशभरका एक हजार ७८ वटा स्कुलमा यो कार्यक्रम सुरु भएको जानकारी दिँदै यसले फुटबल विकासमा टेवा पुग्ने बताए।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले फुटबलको विकासमा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने बताए।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले २०८२ जेठ २९ गतेबाटै बिहीबार र शुक्रबार बालबालिकालाई प्रशिक्षण गराइरहेको जानकारी दिए। उनले छिट्टै ४र५ ठाउँमा प्रशिक्षण राखेर तीन हजार बालबालिकालाई समेट्ने बताए।
यो कार्यक्रमका लागि फिफाले ३२ हजार ६ सय ४० वटा बल दिएको छ। लुम्बिनी प्रदेशका ८५ वटा स्कुलमा यो कार्यक्रम सुरु गरिएको छ।


भर्खरै
लोकप्रिय






































































































































































































