धनुषामा प्रहरी र आन्दोलनरत स्वास्थ्यकर्मीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनुषामा प्रहरी र आन्दोलनरत स्वास्थ्यकर्मीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
+
-

जनकपुरधाम – श्रम शोषणविरुद्ध प्रदर्शन गर्दै जनकपुरधाम–ढल्केवर सडकखण्ड अवरुद्ध गरिरहेका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ।

मंगलबार साँझ जनकपुरधामको पिडारी चोकमा यातायात ठप्प पार्दै धर्नामा बसेका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको हो। त्यस क्रममा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

विभिन्न ८ बुँदे माग राख्दै तीन दिनदेखि आन्दोलनमा उत्रिएका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप हुँदा चार राउण्ड अश्रुग्यास प्रहार भएको हो।

मंगलबार साँझ बाटो खोलाउने क्रममा झडप भएकोमा त्यसलाई नियन्त्रण लिन अश्रुग्यास प्रहार गरिएको धनुषा प्रहरीले जनाएको छ। स्वास्थ्यकर्मीहरु बिहानैदेखि धर्नामा बसेपछि सडक ठप्प भएको थियो।

निजी अस्पतालका स्वास्थ्यकर्मीहरुले नेपाल सरकारले निर्धारण गरेको तलब स्केलअनुसार तलब पाउनुपर्ने, सुरक्षा तथा बिमाको व्यवस्था हुनुपर्ने, सरकारी अस्पतालमा करारमा कार्यरत रहेका स्वास्थ्यकर्मीलाई हटाएर लोकसेवाको माध्यमबाट स्थायी नियुक्ति गर्नुपर्नेलगायत ८ बुँदे माग राख्दै प्रदर्शन गरिरहेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’