विश्वासको मत लिने वातावरण मिलाइदिन मधेसका मुख्यमन्त्री सोनलले प्रदेशसभामा पठाए पत्र

विश्वासको मत लिने वातावरण मिलाइदिन मधेसका मुख्यमन्त्री सोनलले प्रदेशसभामा पठाए पत्र
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले विश्वासको मत लिने परिप्रेक्ष्यमा प्रदेशसभालाई आवश्यक वातावरण मिलाउन पत्र पठाएका छन्।
  • मुख्यमन्त्री नियुक्तिका लागि पाँच दलको समर्थन भएपनि अब नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीले पनि साथ दिएका छन्।
  • गठबन्धनले बाहिर रहेका नेकपा एमाले र नेपाली कांग्रेससँग पनि विश्वासको मत माग्ने निर्णय गरेको छ।

जनकपुरधाम –  मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) विश्वासको मत लिने वातावरण मिलाइदिन प्रदेशसभामा पत्र पठाएका छन्। उनले कार्तिक २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने भएकाले विश्वासको मत लिने वातावरण मिलाइदिन सचिवलाई अनुरोध गर्दै पत्र पठाएका हुन्।

अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको ५६ जना प्रदेशसभाको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

तत्कालिन मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्दा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्न पाँच दलले दावी पेश गरेका थिए।

सोनललाई मुख्यमन्त्री बनाउन उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दावी पेश गरेका थिए।

सरकारमा दावी गर्ने समय पाँच दल रहेपनि अहिले सोनलको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ।

दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मत पर्ने देखिन्छ। १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन्। सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यक पर्छ।

सरकारमा सहभागि रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकिकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य रहेको छ।

गठबन्धनको कार्तिक १२ गते बसेको बैठकले सरकारभन्दा बाहिर रहेको सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेससँग समेत विश्वासको मत माग्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री सोनलले नियुक्त भएको दोस्रो दिन असोज ३० गते दुई जनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेपनि उनीहरुलाई जिम्मेवारी दिएका छैनन् भने विश्वासको मत पाइसकेपछि मन्त्रीपरिषद् विस्तार गर्ने उनको तयारी छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’