झापा महिला गोल्डकपः संकटा सेमी पुग्दा आयोजक झापा गोल्डकप बाहिर

झापा महिला गोल्डकपः संकटा सेमी पुग्दा आयोजक झापा गोल्डकप बाहिर
+
-
देशसञ्चार AI सारांश
  • संकटा फुटबल क्लबले झापा एफसीलाई ६ शून्यले हराउँदै झापा महिला गोल्डकपको सेमीफाइनलमा स्थान बनायो।
  • पहिलो हाफमा संकटा २ शून्यले अघि बढेको थियो, दोस्रो हाफमा चार थप गोल गर्दै जित सुनिश्चित गर्‍यो।
  • सेमीफाइनलमा संकटा फुटबल क्लबले नेपाल पुलिस क्लबसँग सामना गर्ने तयारी गरेको छ।

मोरङ – काठमाडौंको संकटा फुटबल क्लब झापा महिला गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। झापाको शिवसताक्षी नगरपालिकास्थित दूधे रंगशालामा बुधबार सम्पन्न गोल्डकपको तेस्रो क्वाटरफाइनलमा घरेलु टोली झापा एफसीलाई ६ शून्यले पराजित गर्दै संकटाले सेमीफाइनलको यात्रा तय गरेको हो।

सेनु परियारले पूर्णिमा राईको एसिस्टमा खेलको २३ औं मिनेटमा गोल गर्दै संकटालाई एक शून्यको अग्रता दिलाएकी थिइन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको थप गरिएको अतिरिक्त समयमा संकटा पुनः झापा एफसीमाथि हावी बन्यो। सो समय सुनिता भुलानको एसिस्टमा समीक्षा मगरले गोल गर्दै संकटालाई दुई शून्यको अवस्थामा पुर्‍याइन्।

पहिलो हाफमा दुई शून्यले पछि परेको झापा एफसी त्यसपछि खेलमा फर्कन सकेन। अर्कोतर्फ, पाहुना क्लब संकटा भने विपक्षीमाथि दबाव बनाउँदै गोल गर्न सफल भयो। संकटाका लागि खेलको ५५ औँ मिनेटमा छिरिङ वाङदेनले गोल गरिन्। भुटानबाट अनुबन्ध गरिएकी वाङदेनलाई पूर्णिमा राईले एसिस्ट गरेकी थिइन्। ३ शून्यले अग्रता बनाएको संकटाका लागि खेलको ६१ औँ मिनेटमा पूर्णिमा राईले गोल गर्दै क्लबको अग्रतालाई ४ शून्यको अवस्थामा पुराइन्। एकपछि अर्को गोल आत्मसात गरेको झापाविरुद्ध खेलको ८३ औं मिनेटमा संकटाकी रेनिसा शर्माले पाँचौ गोल गरिन्।

मैदानमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेकी अरुणा स्याङतानले खेलको अन्तिम समयमा गोल गर्दै संकटाको जित ६ शून्यले सुनिश्चत गरेकी थिइन्।

जित हात पारेको संकटाले अब सेमीफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। गोल्डकपअन्तर्गत बिहीबार हुने अन्तिम क्वाटरफाइनलमा पोखरा एफसीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने आयोजक पक्षले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’