मोरङ – झापाको शिवसताक्षी नगरपालिकामा जारी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल समीकरण पूरा हुने क्रममा बिहीबार दूधे रंगशालामा सम्पन्न अन्तिम क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित हात पारेको थियो।
गोल्डकपको चौथो तथा अन्तिम क्वाटरफाइनलमा पोखरा एफसीलाई ६ शुन्यले स्तब्ध बनाउँदै आर्मी अन्तिम चारमा पुगेको हो। आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरेकी थिइन्।
चौधरीले खेलको ३३ औं मिनेट, ८५ औं मिनेट र ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। दुधे रङशालामा एकपक्षीय बनेको खेलमा आर्मीका लागि खेलको १६ औं मिनेटमा जेनिफर राना मगर, , पहिलो हाफको अतिरिक्त समयमा विमला विक र खेलको ९० औं मिनेटमा आर्मीकी शर्मिला थापाले गोल गरेकी थिइन्।

आयोजक पक्षका अनुसार जित हात पारेको आर्मीले कार्तिक २२ गते दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीको सामना गर्नेछ। त्यसैगरि, गोल्डकपको पहिलो सेमिफाइनलमा कार्तिक २१ गते संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ।

भर्खरै
लोकप्रिय






































































































































































































