पूर्णिमामा खोलामा नुहाउन गएर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला

पूर्णिमामा खोलामा नुहाउन गएर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला
+
-
देशसञ्चार AI सारांश
  • बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका १४ वर्षीय आशिक यादवको शव दुई दिनपछि फेला परेको छ।
  • आशिक बुधबार बिहान नुहाउन जाँदा हराएका थिए र शुक्रबार बिहान रौतहटमा भेटिए।
  • खोजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र गोताखोर टोली संलग्न भए पनि सफलता बिहीबारको प्रयासमा आएन।

जनकपुरधाम- सर्लाहीमा कार्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक बालक दुई दिनपछि मृत फेला परेका छन् ।

रामनगर गाउँपालिका- १ खैर्वा बस्ने मनोज यादवको १४ वर्षीय छोरा आशिक यादव बेपत्ता भएकोमा शुक्रबार बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार बिहान करिब साढे ६ बजे बागमती खोलामा नुहाउन गएकोमा घर फर्केर नआएको तथा कुनै आफन्तको समपर्कमा समेत नआएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी खैर्वा बहुअर्वा, इलाका प्रहरी कार्यालय गडहिया, र बिओपी छटौनाबाट खटेको प्रहरी टोलीले खोजतलास गर्दा बालक फेला परेका थिए । त्यसको भोली पल्ट बिहीबार बिहान नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी ९ जनाको टोलीले खोजतलास गरिरहेकोमा दिउँसो करिब सावा २ बजे २ नम्बर बाहिनी बर्दिवास महोत्तरीबाट खटेको गोताखोर टोलीले खोज्दासमेत बालक फेला नपरेपछि उनीहरु फिर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले शुक्रबार बिहान करिब ८ बजे रौतहटको दुर्गा भगवती गाउँपालिका २ स्थित बागमती नदीको किनारमा बालकको शव फेला परेको बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’