औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा
+
-
देशसञ्चार AI सारांश
  • रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत औषधि अभाव रहेको छ।
  • बिमा दाबीको भुक्तानी नहुँदा औषधि खरिद गर्न नसकिएको र अस्पतालमा एक करोड रकम बाँकी रहेको छ।
  • अस्पतालले हाल 300 देखि 400 बिरामीलाई सेवा दिइरहेको र औषधिबाहेकका सेवा नियमित रूपमा प्रदान गरेको छ।

सिरहा – लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ।

सरकारले स्वास्थ्य बिमा गराई उपचार गर्ने बिरामीलाई रु एक लाखसम्मको उपचार र औषधि निःशुल्क दिने व्यवस्था गरे पनि यहाँ औषधि नपाउँदा सेवाग्राही मारमा परेका हुन्। बिमा गराएका सेवाग्राहीले जाँचपछि चिकित्सकले लेखिदिएको औषधि अस्पतालको औषधिकक्षमा लिन जाँदा नपाएको गुनासो गरेका छन्।

लहान नगरपालिका–२२ की पार्वती चौधरीले भनिन्, “ चिकित्सकले लेखिदिएको औषधि अस्पतालको मेडिकलमा लिन जाँदा पाइएन।”

लहान नगरपालिका–२३ का योगेन्द्र यादवले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीले किनेर खान बाध्य भएका बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले औषधि अभावको मुख्य कारण स्वास्थ्य बिमा दाबीको भुक्तानी नहुनु रहेको बताए। उनले भने, “सरकारी अस्पतालमा बिमाको सुविधा भए पनि बिमा दाबीको भुक्तानी नहुँदा औषधि खरिद गर्न सकिएको छैन।”

अस्पताललाई करिब रु एक करोड बिमा रकम भुक्तानी गर्न बाँकी रहेकाले औषधि खरिद गरी वितरण गर्न नसकिएको मेसु झाले जानकारी दिए। उनका अनुसार, अस्पतालले बिरामीका लागि हाल एक सय शय्या बराबरको सुविधा दिइरहेको छ। तर, केन्द्र र प्रदेशबाट यथेष्ट सहयोग नहुँदा र बिमा रकमको भुक्तानी रोकिएकाले अस्पताल सञ्चालनमा कठिनाइ भएको छ। अस्पताल विकास समितिबाट जेनतेन गरी सेवा दिइएको उनको भनाइ छ।

मेसु झाले बिमाको रकम प्राप्त हुनासाथ औषधि खरिद गरी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे। हाल दैनिक तीन सयदेखि ४०० बिरामीलाई सेवा दिइरहेको अस्पतालले बिमाबाट औषधिबाहेकका अन्य सेवा भने नियमित रूपमा दिइरहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’