जनकपुरधाम – मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगन भएको हो । मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत लिने कार्यसूची रहेकामा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहवर अन्सारीले विश्वासको मत नदिने भनेपछि सरकार संकटमा परेको हो।
अन्सारीले विश्वासको मत नदिने भनेपछि विश्वासको मत पाउने सम्भावना घटेपछि सरकार पक्ष बैठकबाट निस्केपछि बैठक स्थगित भएको हो।
मुख्यमन्त्री जितेन्द्र सोनल तथा दुई जना विनाविभागीय मन्त्री सदनमा रहेकोमा दुबैजना निस्केपछि सत्तापक्षका सांसदले सदनमा सरकारपक्ष नरहेको भन्दै उभिएर आपत्ति जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगन गरेका हुन् ।

भर्खरै
लोकप्रिय






































































































































































































