निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो
+
-
देशसञ्चार AI सारांश
  • निर्वासित राजा जुआन कार्लोसको नयाँ संस्मरणले तानाशाह फ्रान्सिस्को फ्रान्कोसँगको सम्बन्धबारे स्पेनमा व्यापक बहस सिर्जना गरेको छ।
  • संस्मरणमा उनले लोकतन्त्रमा रूपान्तरणदेखि गल्ती स्वीकार र पारिवारिक तनावका प्रसङ्गहरू समेटेका छन्।
  • शाही परिवारले राजाको आयोज नमा पूजास्थलको ५०औँ वार्षिकोत्सव आउनलिन अस्विकार गरेको समेत बताएका छन्।

निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक भएपछि स्पेनमा उनको राजनीतिक विरासत र दिवङ्गत तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोसँगको सम्बन्धबारे व्यापक बहस सुरु भएको छ।

यो पुस्तकको प्रकाशन सन् १९७५ नोभेम्बर २० मा फ्रान्कोको निधनको ५०औँ वार्षिकोत्सवसँग मेल खान्छ। दुई दिनपछि अर्थात् नोभेम्बर २२ मा जुआन कार्लोस स्पेनका राजाका रूपमा घोषणा भएका थिए।

संस्मरणमा ८७ वर्षीय पूर्व राजाले स्पेनलाई लोकतन्त्रमा रूपान्तरण गर्ने भूमिकादेखि पारिवारिक तनाव र साउदी अरेबियाबाट लाखौँ युरो लिने गल्ती स्वीकार गरेकाे विषयसम्मका प्रसङ्ग समेटिएका छन्।

फ्रान्सेली लेखिका लरेन्स डेब्रेसँग सह–लेखन गरिएको ५०० पृष्ठको यो जीवनी ‘रिकन्सिलिएशन’ बुधबार फ्रान्सेली भाषामा प्रकाशित भएको हो। डिसेम्बर ३ मा यसको स्पेनी संस्करण सार्वजनिक हुने तयारी छ।

– फ्रान्कोप्रति ‘आदर र सम्मान’ –

पुस्तकको सबैभन्दा विवादास्पद अंशमा जुआन कार्लोसले तानाशाह फ्रान्कोबारे उल्लेख गरेका टिप्पणीहरू हुन्। उनले फ्रान्कोप्रति आफूले ‘ठूलो सम्मान’ राख्ने गरेको र उनलाई ‘कहिलेकाहीँ कोमल र परोपकारी’ व्यक्ति ठान्ने गरेको लेखेका छन्।

फ्रान्कोले जुआन कार्लोसलाई १० वर्षको उमेरमा निर्वासनबाट स्पेन फर्काएर आफ्नो उत्तराधिकारीका रूपमा हुर्काउनुभएको थियो। “मैले उनको राजनीतिक बुद्धिमत्ता र नेतृत्व क्षमताको प्रशंसा गरेँ। मैले कसैलाई पनि मेरो सामु उनको आलोचना गर्न अनुमति दिइनँ”, उनले संस्मरणमा लेखेका छन्।

संस्कृति मन्त्री अर्नेस्ट उर्टासुनले ती टिप्पणीको तीव्र निन्दा गर्दै भने, “आजको समयमा कसैले तानाशाहको बचाउ गर्नु वा उनको कार्यलाई औचित्य दिन खोज्नु अत्यन्तै खेदजनक कुरा हो।”

– लोकतन्त्रतर्फको सङ्क्रमण र आलोचना –

सन् १९७५ मा फ्रान्कोको मृत्युपछि स्पेनलाई लोकतन्त्रको दिशामा लैजाने श्रेय जुआन कार्लोसलाई नै दिइन्छ। उनले संवैधानिक राजतन्त्रलाई स्वीकार्दै संसदीय प्रणालीको समर्थन गरेर फ्रान्कोका अनुयायीहरूलाई निराश पारेका थिए।

तर, राजतन्त्रको विरोध गर्ने वामपन्थी पार्टी सुमारका नेता उर्टासुनले भने, “लोकतन्त्र त ती हजारौँ नागरिकले स्थापना गरेका थिए जसले यातना सहे, जेल बसे र आफ्नो जीवनसम्म बलिदान गरे।”

पूर्व प्रधानमन्त्री जोसे लुइस रोड्रिगेज जापाटेरोले पनि राजाले फ्रान्कोबारेका टिप्पणीहरू ‘नरम पार्नु पर्ने’ बताएका छन्। उनका अनुसार फ्रान्कोको शासन यातना, मृत्युदण्ड र कठोर सेन्सरसिपमा आधारित थियो।

– राजाको स्व–निर्वासन र मौनता –

सन् २०१४ मा छोरा राजा फेलिप छैटौँका पक्षमा गद्दी त्यागेपछि जुआन कार्लोस सन् २०२० देखि संयुक्त अरब इमिरेट्समा स्व–निर्वासनमा बस्दै आउनुभएको छ। उनले नोभेम्बर २१ मा राजाका रूपमा घोषणाको ५०औँ वार्षिकोत्सव मनाउने औपचारिक कार्यक्रममा भाग नलिने निर्णय गरेका छन्।

शाही परिवारले यसबारे टिप्पणी गर्न अस्वीकार गर्दै यो कदम जुआन कार्लोसको ‘अवकासपछिको जीवनशैलीसँग सुसङ्गत’ भएको जनाएको छ।

– बढाइँचढाइँ गरिएको जीवनी –

म्याड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयका इतिहासविद् डेभिड सान नार्सिसो मार्टिनका अनुसार यो पुस्तक ‘राजालाई पुनः सार्वजनिक आवाज दिने प्रयास’ हो। उनले भने, “फ्रान्कोको चित्रणमा राजाले अत्यन्तै व्यक्तिगत व्याख्या प्रस्तुत गरेका छन्, जुन इतिहाससँग मेल नखान सक्छ।”

उनका अनुसार राजाले फ्रान्कोले स्पेनमा लोकतन्त्र ल्याउने योजना गर्नुभएको थियो भन्ने भ्रम फैलाउन खोज्नुभएको छ, जुन ऐतिहासिक दृष्टिले गलत छ।

स्पेनी लेखिका लुज सान्चेज–मेलाडोले दैनिक एल पाइसमा पुस्तकलाई ‘बढाइँचढाइँ गरिएको जीवनी’ भन्दै लेखेका छन्। उनका अनुसार यो पुस्तकले जुआन कार्लोसलाई ‘आफ्नो हरेक इच्छालाई कानूनका रूपमा प्रयोग गरेको, तर अहिले कोही पनि आफ्नो आदेश नमान्दा अचम्म मान्ने राजा’ का रूपमा चित्रण गर्छ।

सन् २०१२ मा आर्थिक सङ्कटको बीचमा उहाँ बोत्सवानामा विलासी हात्ती सिकार यात्रामा गएको खुलासा भएपछि जुआन कार्लोसविरुद्ध जनमत तीव्र रूपमा फेरिएको थियो। त्यसयता उहाँमाथि वित्तीय घोटाला र विवाहेतर सम्बन्धका आरोपहरू पनि लागेका छन्।

स्पेनी संस्करण अझ सार्वजनिक नहुँदै पनि यो पुस्तक कासा डेल लिब्रो पुस्तक पसल सञ्जालमा सबैभन्दा धेरै बिक्री हुने गैर–काल्पनिक शीर्षक बनेको छ।

पुस्तकमा राजाले लेखेका छन्, “म अन्ततः मेरो कथा लेख्ने निर्णयमा पुगेँ, किनकि मेरो कथा मबाट चोरी भइरहेको थियो। मेरा पिताले मलाई यस्तो कहिल्यै नगर्न चेतावनी दिनुभएको थियो।”

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’