मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत
+
-

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)को राजीनामा स्वीकृत भएको छ। विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले शनिबार पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।

नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।

अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले गत असोज २८ गते राजीनामा दिएका थिए। असोज २९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सोनललाई मुख्यमन्त्री बनाउनका उनको दलसहित जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ५६ जना प्रदेशसभा सदस्यको समर्थन थियो।

तर, विश्वासको मत लिने दिन जनमतका दुई जना अनुपस्थित भएको र माओवादी केन्द्रका रहवर अन्सारी र माला कर्णले तटस्थ बस्ने भनेपछि अल्पमतमा परेका मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’