- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले विश्वासको मत नपाउने सम्भावनामा राजीनामा दिएपछि सरकार गठनमा अन्यौलता छाएको छ।
- प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संवैधानिक अन्यौलता मेट्न धारा १६८ को उपधारा २ वा ३ अन्तर्गत सरकार गठनको आह्वान गर्न सकिनन्।
- सरकार गठनको अन्यौलताका कारण राजनीतिक दलहरूले प्रदेश प्रमुखको कार्यालयमा दौडधुप बढाएका छन्।
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयमा राजनीतिक दलको दौडधुप सुरु भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संवैधानिक अन्यौलताका कारण नयाँ सरकार गठनका लागि आह्वान गर्न नसक्दा अहिलेसम्म सरकार गठनका लागि आह्वान हुन सकेको छैन ।
नयाँ सरकार गठनका लागि आह्वान नहुँदा प्रदेश प्रमुखको कार्यालयमा दौडधुप सुरु भएको हो । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेपाली कांग्रेसका प्रदेश सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादव छुट्टाछुट्टै प्रदेश प्रमुखसँग छलफल गरेर फर्केका छन् भने सोनल अहिले उनीसँग छलफलमा छन् ।
पाँच दलको ५६ प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त मुख्यमन्त्री सोनलले शनिबार विश्वासको मत लिन प्रस्ताव पेश गरेकोमा पाउने सम्भावना नदेखेपछि प्रदेशसभामै राजीनामा घोषणा गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको मुख्यमन्त्रीले तीस दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकोमा विश्वासको मत पाउने नदेखेपछि सोनलले राजीनामा दिएपछि अब संविधानको कुन धाराअन्तर्गत सरकार गठन गर्ने अन्यौलता बढेको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोही कारण अहिले सम्म नयाँ सरकार गठनका लागि आह्वान गर्न नसक्दा राजनीतिक दलको दौडधुप सुरु भएको छ ।
उनले अब नेपालको संविधानको धारा १६८ को उपधारा २ वा ३ बमोजिम गर्ने त्यसमा अन्यौलता बढेको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ मा उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा
बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ भने धारा (३) मा प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
मधेस प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो भने दोस्रो नेपाली कांग्रेस, तेस्रो जसपा नेपाल, चौथो जनमत लगायत १० दल छ ।

भर्खरै
लोकप्रिय






































































































































































































