- लगातार वर्षा र बाढीबाट पीडित कोशी प्रदेशका कृषकहरूले धानबाली र तरकारीका लागि राहत माग गरेका छन्।
- राष्ट्रिय किसान सञ्जालले न्यूनतम समर्थन मूल्य र उखु किसानको भुक्तानीको तत्काल समाधानको लागि ज्ञापनपत्र बुझायो।
- मोन्था चक्रवातको प्रभावले ५६ हजार टन धानबाली र २ हजार टन तरकारीमा व्यापक क्षति पुगेको छ।
माेरङ – असोज १५ देखि १७ गते मोन्था चक्रवातको प्रभावसंगै परेको अविरल वर्षा र बाढीबाट क्षति ब्यहोरेका कोशी प्रदेशका कृषकहरुले राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन्। विराटनगरस्थित मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आइतबार राष्ट्रिय किसान सञ्जालले धानबाली र तरकारी बालीमा वर्षा र बाढीले पुराएको क्षतिबारे जानकारी गराउदै राहत माग गरेको हो।
सो क्रममा कृषकहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यसमेत नपाएको सञ्जालले गुनासो गरेको थियो। उनीहरुले मुख्यमन्त्री कार्कीसमक्ष धान विक्रीका लागि राज्यले तोकेको न्यूनतम समर्थन मूल्य उपलब्ध गराउन माग गरेका थिए। त्यसैगरि, उखु किसानहरुको भुक्तानी हुन बाँकी रहेको रकम समेत तत्काल उपलब्ध गराउन सञ्जालले ज्ञापनपत्रमार्फत मुख्यमन्त्री कार्कीसंग आग्रह गरेका थिए। सोक्रममा मुख्यमन्त्री कार्कीले किसानहरुको समस्यालाई सरकारले सहीरुपमा समाधान गर्न पहल गर्ने जनाएका थिए। त्यसैगरि, अविरल वर्षाले पुराएको क्षतिबारे समेत सरकार गंभीर रहेको मुख्यमन्त्री कार्कीले बताएका थिए।
विराटनगरस्थित कृषि विकास निर्देशनालयले मोन्था चक्रवातको प्रभावमा परि कोशी प्रदेशमा ५६ हजार टन बढि धानबाली क्षति भएको जनाएको छ। त्यसैगरि, करिब २ हजार टन तरकारी बालीमा समेत क्षति पुगेको निर्देशनालयको प्रारम्भिक तथ्यांकमा देखिएको छ। निर्देशनालयका अनुसार अविरल वर्षाले कोशी प्रदेशको १२ हजार ४ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको करिब २ अर्ब १ करोड रुपैया बढिको धानबालीमा क्षति पुगेको छ। त्यसैगरि, करिब ४ करोड रुपैया बराबरको तरकारी बालीमा क्षति पुगेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































