आहा ! रारा गोल्डकपको पुरस्कार राशि ७ लाख

आहा ! रारा गोल्डकपको पुरस्कार राशि ७ लाख
+
-

पोखरा- आगामी माघ ९ गतेबाट पोखरा रंगशालामा सुरु हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

साहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरी पुरस्कारबारे जानकारी गराएको हो। साहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विजेता टोलीले सात लाख एक हजार रुपैयाँ पुरस्कार पाउने भएका छन्।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि भएको हो। प्रथम पुरस्कारमा २ लाख बृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख बृद्धि गरेर ३ लाख ५१ हजार रुपैयाँ पुर्‍याइएको हो।

गत वर्ष प्रथम पुरस्कारको राशी ५ लाख १ हजार र द्वितीय पुरस्कारको राशी २ लाख ५१ हजार रुपैयाँ थियो।

सहारा क्लबले विगत १६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ। माघ ९ बाट २० गतेसम्म हुने प्रतियोगितामा तीन विभागीयसहित १२ टिमले प्रतिष्पर्धा गर्ने छन्। नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लबसँगै ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, थ्रीस्टारले खेल्नेछन्। मोफसलको झापा ११, धरान फुटबल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी छन् भने विदेशी टिममा उत्तर बरिन्धरा क्लब बंगलादेश र युनाइटेड सिक्किम छन्। आयोजक सहारा क्लब पनि सहभागी हुनेछ।

बंगलादेशको ए डिभिजन क्लब भएको र विदेशीका साथै राष्ट्रिय टिमका खेलाडीसमेत भएकाले बंगलादेशी टोली बलियो हुने सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए।

 

यो पनि पढ्नुहोस्…

सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?