
काठमाडौं- न्यायालयका विकृतिविरुद्ध अनशनरत चिकित्सक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदबाट निस्कासन नगरेसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्।
बुधबार बिहान साढे नाै बजे वीर अस्पतालबाट सर्वोच्च अदालत पुर्याइएका डा. केसीले सर्वोच्च परिसरमै आफूले हार नमान्ने बताएका हुन्।
‘म हार मान्दिनँ, प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त नगरेसम्म मेरो अनशन रोकिँदैन,’ डा. केसीले भने। अदालतको मानहानि सम्बन्धमा उनको मुद्दामा अदालतमा बुधबार बहस हुँदैछ।
यो पनि पढ्नुहोस्…
म रैती होइन, सार्वभौम देशको नागरिक हुँ-डा.केसी
डाक्टर केसीसँग सोधिएका १४ प्रश्न र जवाफ
बल्ल सकियो डा. केसीको बयान, बहस भोलिमात्र