बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार (फोटो फिचर)

काठमाडौँ शहर, बिजुली बस सरर

काठमाडौँ शहर, बिजुली बस सरर
+
-

वातावरण र अपांगमैत्री पाँचवटा बिजुली बस मंगलबारदेखि राजधानीमा सञ्चालनमा आएका छन्।

एडीबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि खरिद गरेका पाँचवटा अत्याधुनिक एवं सुविधासम्पन्न बसहरु तत्कालका लागि साझा यातायातले कोषसँगको सहकार्यमा राजधानीमा सञ्चालन गर्ने जिम्मेवारी लिएको छ।

परीक्षण सफल भएमा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै त्यहाँ यी बससँगै थप बिजुली बस चलाईने छ। र, विस्तारै बिजुली बसलाई देशव्यापीरुपमा चलाउने सरकारको योजना छ ।

साझा यातायातको आफ्नै प्रांगणमा प्रधानमन्त्री केपी शर्मा ओलीले बसको शुभारम्भ गर्दै सोही बसमा चढेर सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेका छन्।

त्यसअघि प्रधानमन्त्री ओलीले यस्ता बसहरुलाई बढाउँदै लग्ने र पेट्रोलियम पदार्थको खपत गर्ने योजना सरकारको भएको जानकारी गराए।

बिजुली बसले वातावरणसँगै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले यस सम्बन्धि राष्ट्रिय कार्ययोजना निर्माण गरिएको समेत उनले बताए।

बिजुलीबाट चल्ने भएकाले यी बसले बढ्दो प्रदुषण नियन्त्रणमा सहयोग गर्ने छन्। साथै, यसका व्याट्रीहरु माटोमा मिल्ने छन्।

सीसी क्यामेरा, मोवाइल चार्ज र एसीको सुविधा रहेको बसले एक पटक चार्ज गरेपछि २ सय ५० किलोमिटर कुद्न सक्ने क्षमता राख्ने छन्। थाइल्याण्ड, चीन लगायत राष्ट्रहरुमा यस्ता बसहरु अत्याधिक सञ्चालित छन्।

बिजुली बस उद्घाटनपछि त्यसमा सवार भएर सिंहदबार जाँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च अधिकारीहरु । तस्बिर : बर्षा शाह/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?