हामी अर्काको भूमिमा छौं, कतारमा चाडबाड मान्दा यी कुरा ख्याल गरौं

हामी अर्काको भूमिमा छौं, कतारमा चाडबाड मान्दा यी कुरा ख्याल गरौं
+
-

म आफैं पनि प्रवासी नेपाली भएकोले नेपालको दसैँको रमझमलाई बिर्सेर यो वर्षका चाडबाड पनि कतारमै मनाउँदैछु। मध्यपुर्वका देशमा कतारमा आफ्ना चार्डपर्व मनाउन पाइन्छ। कतारमा फरक ढंगले नेपालीहरुले नेपाली चाडबाड मान्छन्।

म दश वर्षदेखि कतारमा छु। बकर ईद बाहेकका चाडपर्वमा म कतारमै हुन्छ। मैले कतारमा यतिका वर्ष बस्दा धेरै उतारचढावहरु देखको छु। नेपालीको दसैंमा स्थानीय नागरिकले कोहिले खसी ल्याएर दिने, चामलका बोराका बोरा ल्याएर दिने, बकर ईदमा त पैसाका गडि लिएर बसेका कतारीहरु पनि मैले देखें।

कतिपय साथीहले त त्यो चोकमा कतारीहरुले पैसा बाँड्छ रे तिमी हामीलाई पनि लिएर जाउ, आफू नलिएपनि हाम्रा लागि भनिदेउन पनि भन्थे । मलाई अचम्म लाग्थ्यो । के गर्या होला यस्तो बच्चालाई जस्तो भनेर।

नेपाली भनेपछि इमान्दार कर्मठ अत्यन्तै लगनशील र मेहनती भनेर चिनिन्थे। वैदेशिक रोजगारीको सुरुबाटै नेपालीले बनाएको यो छाप आजसम्म कायम छ । तर बीचमा धेरै उतारचढावहरु मैले देखेको छु। २०१२ पछि भने हाम्रो त्यो शाख खच्किँदै गएको छ। हामीमा उताउलोपना, छाडापन आएको मैले देखेँ।

जसले गर्दा त्यहाँका नागरिक हामीबाट रुस्ट छन् जस्तो लाग्छ। पहिले नेपाली चाडवाडमा स्थानीयले जुन सद्भाव देखाउँथे आजकाल उनीहरुले त्यो देखाउन छाडिसकेको छन्।

नेपालबाट गएको मुस्लिम समुदायलाई त याद गर्नु पर्ने हो। एक अर्कामा राम्रै सम्बन्ध छ उनीहरुकोबिचमा। तर मुस्लिम समुदायलाई पनि उनीहरुले अहिले राम्रोसँग हेर्दैनन्। खोतल्दै जाने हो भने कारण धेरै हुन सक्छन् । हामी अलिक विकृति विसंगतितिर अग्रसर भएका छौं । हाम्रा लागि यो सुखद विषय होइन।

अब परदेशमा हुने नेपालीले चाडबाड कसरी मनाउँछन् भन्ने कुरा छ। त्यहाँ पनि नेपालीले चाडबाड मनाउने नेपालमा जस्तै गरी हो । परदेशमै भएका आफन्त मान्यजनकोमा गएर टिका लगाउने चलन छ।

कमलमणी गुरागाई उहाँ अग्रज नेपालीमा पर्नुहुन्छ। डा. देवकाजी डंगोल हुनुहुन्छ। बद्री पाण्डे हुनुहुन्छ, यस्ता अग्रज व्यक्तिको हातबाट टिका–आशिर्वाद ग्रहण गर्ने चलन छ । सामाजिक संसघसंसथाका अग्रजकोमा गएर टिका थाप्ने पनि चलन छ। यस्तो छुट्टै रमाइलो हुन्छ परदेशमा।
तर यो सँगसँगै विसंगती विकृतिहरु प्नि भित्रिएका छन्। दसैँ अथवा यो जाडपर्वको अवसरमा कानुनले बन्देज गरेका कुराहरु पनि हामीले गर्न थालेका छौं । यो उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप हो।

मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्ने। झैझगडा गर्ने गरेको पनि पाइएको छ। त्यहाँका कानुनअनुसार पादक पदार्थ सेवन गरेर गाडी चलाएमा कठोर सजाय तोकिएको छ। ५ हजार देखि ५० हजार रियालसम्म जपिरवाना तिर्नु पर्ने कानुन छ।

एक छिनको खुसीका लागिव ठूलो चुनौती सामना गर्न पनि तयार हुन्छौं । तर हामीले यो गर्नुभन्दा त्यहाँको कानुनले दिए अनुसार मात्रै गरौं । कतार सरकारले पनि टिका लगाएर हिड्न बन्देज लगाएको छैन।

हामी अर्काको भूमिमा छौं, उनीहरुको कानुनलाई मान्नु पर्छ। यस्तो बेलामा हामीलाई गल त मनासायका व्यक्तिले प्रयोग पनि गर्न सक्छन्, सजक हुनुपर्छ । हामीले लगाउनु पर्ने पोषाकमा पनि त्यहाँको कानुनलाई बिचार गर्नुपर्छ।

घुँडा देखिने आफ डे«स लगाउनु हुँदैन। त्यो बिक्रिति विसंगतितर्फ नजाउँ। यी कुराबाट बच्‍नु जरुरी छ। हाम्रो हरेक क्रियाबलाप उनीहरुले नियाली रहेका हुन्छन्। हामीले सोच्नुपर्छ हामीलाई कसैले निगरानी गरिरहेको छ।

त्यस्ता घटनाले नेपाली बदनाम हुन्छन्। नेपालीको पहिचानमा दाग लाग्ने खालका काम पहिले पनि भएका छन्,अब त्यसले निरन्तरता पाउनु हुँदैन।

(मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर मोहमद रमजान अलिमियासँग उजिर कार्कीले गरेको कुराकानीमा आधारित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?