
काठमाडौँ- नेपाली चलचित्रका नायकहरुले आफ्नो पारिश्रमिक बढाउने क्रम जारी छ। गहकिलो पारिश्रमिक लिएर काम गर्नेमा अनमोल केसी, प्रदिप खड्का पछि अहिले अभिनेता पल शाह आइपुगेका छन्।
भर्खरै अभिनेता पल शाहले गहकिलो पारिश्रमिक लिएर नयाँ चलचित्र साइन गरेका छन्। सुरज सुब्बाको निर्देशनमा बन्न लागेको चलचित्र ‘हृदयभरी’का लागि पलले २० पारिश्रमिक लिएका हुन्।
हाँस्य कलाकारको ठूलो टोलिसँग ‘शत्रुगते’ मा अभिनय गरेका पलले त्यसपछि कुनै पनि चलचित्रमा साइन गरेका थिएनन्। केही समय खाली बसेका पलले ‘हृदयभरी’ का लागि २० लाख पारिश्रमिक लिएर काममा फर्कदैछन्। उनी भन्छन्, ‘म १० महिनापछि काममा फर्किएको हुँ। मैले राम्रो प्रोजेक्ट गरौँ भन्ने सोँचेर बसेको थिए।’
शाहले तोकेको आफ्नो पारिश्रमिकमा प्रतिक्रिया पनि आएका छन्। उनले आफूले पारिश्रमिक बढाएको विषयमा भनेँ, ‘पारिश्रमिक‘लगानी गर्ने निर्माताले हो, यदि लगानी गरेको रकम फिर्ता हुन्न भन्ने लाग्यो भने किन लगानी गर्छन् र?’
उनी भन्छन्, ‘पारिश्रमिक बढाउनु आफैँमा रिस्क हो। मैले धेरै पारिश्रमिक लिएर चलचित्र असफल भन्ने हुँदैन होला । त्यसैले पहिला नै जज गर्न मिल्दैन। हामीलाई निर्माताले लगानी गरेपछि उनीहरुलाई फाइदा होस् भन्नको लागि हामीले काम गर्ने हो। त्यसको लागि म सक्ने मेहनत गरिरहेको छुँ।’ उनले कामलाई आफ्नो समय र मेहनतसँग जोडे। ‘जस्तो खालको पनि चलचित्र गर्ने हो भने मलाई यो भन्दा धेरै पारिश्रमिक पनि दिने पनि हुन्छन् नि।’
राम्रो टिम, राम्रो व्यानरलाई कुरेर बसेका पलले पारिश्रमिक आफ्नो क्षमता अनुसारको नै तोक्ने बताए र भनेँ ‘एक हप्तामा दिनमा हाम्रो अर्को चलचित्र बनाउने घोषणा हुँदै छ, त्यसमा अहिलेको भन्दा धेरै पारिश्रमिक लिएको सुन्नु भयो भने अचम्म नमान्नु होला।’ पलले यहि चलचित्रको लागि सुदर्शन थापाले बनाउँन लागेको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि छोडेको बताए।
आउँदो साता उनको नयाँ चलचित्र घोषणा हुँदैछ। उनका अनुसार यो चलचित्र तिहार पछाडि सुटिङ्ग सुरु हुन्छ र यसै वर्ष रिलिज पनि। पलले २० लाख पारिश्रमिक लिएर चलचित्र युनिटसँग लिखित सम्झौता गरेको चलचित्र भने आगामि चैतबाट फ्लोरमा जाँदैछ।
‘हृदयभरि’ चलचित्रको कथा सुरज सुब्बा नाल्बोले लेखेका हुन् भने निर्देशन पनि सुरज सुब्बा सोयमले नै गर्दै छन्। चन्दन शाह र सौरभ विश्वासले निर्माण गर्न लागेको चलचित्र शाह प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको छ।
तस्बिर पल शाहको फेसबुकबाट